प्रदेश

रुपन्देही ४ ख मा कांग्रेसका वसिउद्दिन खाँ विजयी



भैरहवा ७ मंसिर । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ ९२० मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ पाएका छन भने जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाए । निर्वाचन अधिकारी देवेन्द्र आचार्यका अनुसार अहिले प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको र उता पनि प्रदेश सभा सदस्यको मत हुन सक्ने भएकोले खाँ लाई विजयी घोषणा गरिएको छैन् ।
प्रतिनिधि सभा सदस्यको मतगणना पछि मात्र प्रदेश सभा सदस्यहरुलाई विजयी घोषणा गरिने उनले बताए ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६