प्रदेश

लुम्बिनी प्रदेशका ११ स्थानमा एमालेको अग्रता



बुटवल ७ मंसिर । मंसिर ४ सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको जारी मतगाणनामा लुम्बिनी प्रदेशमा नेकपा एमालेले अग्रता कायम राखेको छ । प्रतिधिसभातर्फ लुम्बिनी २६ निर्वाचन क्षेत्रमा जारी मतगणना अनुसार एमालेले ११ स्थानमा अग्रता लिएको छ । यसैगरी दोस्रोमा रहेको नेपाली काँग्रेसले ६ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले ३ स्थान तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ स्थानमा अग्रता लिएको छ । यसैगरी नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र एक स्वतन्त्र उम्मेदवार १÷१ स्थानमा अघि रहेका छन् ।
प्रतिनिधिसभा तर्फ २६ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा गुल्मी १ मा स्थगित भएको एक वडामा पुनः मतदान सकिएर गणनाको तयारी हुँदै छ ।

यस्तो छ पछिल्लो मतपरिणाम
रुपन्देही–१ यस क्षेत्रमा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता लिएका छन् । उनले सूर्य चिन्हमा ३०६३ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका धनिराम चौधरीले ढकिया चिन्हमा २५४५ मत प्राप्त गरेका छन् । नेता घनश्याम भुसालले त्रिभुजमा २४०१ मत प्राप्त गरेका छन् ।
रुपन्देही–२ यस क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । जारी मतगणनामा पौडेलले ७५५५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ६८६९ मत प्राप्त गरेका छन् ।
रुपन्देही–३ यस क्षेत्रमा गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले अग्रता लिएका छन् । जारी मतगणनामा खाँणले ९१८२ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बोहोराले ८४७९ मत प्राप्त गरेका छन् ।
रुपन्देही–४ प्रतिनिधिसभातर्फ रुपन्देही–४ मा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले अग्रता लिएको छ । उक्त दलका सर्वेन्द्रनाथ शुक्लाले साइकल चिन्हमा १४२५१ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका प्रमोद यादव दोस्रोमा छन् । उनले ११५९४ मत प्राप्त गरेका छन् ।
रुपन्देही–५ यस क्षेत्रमा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन् । उनले यसअघि सोही क्षेत्रबाट सांसद रहेका नेपाली काँग्रेसका भरतशासँगको मतान्तर बढाउँदै लगेका छन् । घिमिरको मत सूर्य चिन्हमा १८५६७ मत प्राप्त गर्दा शाहले रुख चिन्हमा १३५१ मत प्राप्त गरेका छन् ।
दाङ–१ नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभातर्फको जारी मतगणनामा मेटमणीले कलम चिन्हमा ५३४४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी शान्ता चौधरीले सूर्य चिन्हमा ३७२३ मत प्राप्त गरेकी छन् ।
दाङ–२ नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन् । शर्माले गोलाकार भित्र हंसियाँ हथौंडा चिन्हमा १२२९४ प्राप्त गरेकी छन् भने नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीले १०५९१ मत प्राप्त गरेका छन् ।
दाङ–३ मा प्रतिनिधिसभभातर्फको जारी मत गणनामा नेपाली काँग्रेसका दिपक गिरीले अग्रता लिएका छन् । जारी मत गणनामा गिरीले ८४३५ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी कोमल वलीले सूर्य चिन्हमा ६६५२ मत प्राप्त गरेकी छन् ।
अर्घाखाँची एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् । जारी मतगणनामा निर्वाचन आयोगले उपलब्ध गराएको तथ्याङ्क अनुसार रायमाझीले सूर्य चिन्हमा २०२०२ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेकी नेपाली काँग्रेस नेतृ पुष्पा भुसालले रुख चिन्हमा १८३१९ मत प्राप्त गरेकी छन् ।
पाल्पा–१ प्रतिनिधिसभाको जारी मतगणनामा पाल्पा एकबाट नेकपा एमालेका नारायण आचार्यले अग्रता कायम राखेका छन् । आचार्यले सूर्य निन्हमा ९७१७ मत प्राप्त गर्दा दोस्रोमा रहेका नेपाली काँग्रेसका ज्ञानबहादुर गाहाले रुख चिन्हमा ४५४९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा आचार्यले दोब्बर मतकासाथ अग्रता लिईरहेका छन् ।
पाल्पा–२ प्रनिधिसभातर्फ पाल्पा–२ को जारी मतगणनामा नेकपा एमालेका ठाकुर गैरेले अग्रता लिएका छन् । गैरेले सूर्य निन्हमा ९१६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले कलम चिन्हमा ६९५६ मत प्राप्त गरेका छन् ।
कपिलवस्तु–१ जारी मतगणनामा कपिलवस्तु–१ मा नेकपा एमालेका बलराम अधिकारीले अग्रता कायम राखेका छन् । अधिकारीले सूर्य चिन्हमा ९८९८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेवले ५४०१ मत प्राप्त गरेका छन् ।
कपिलवस्तु २ यस क्षेत्रमा नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यले अग्रता लिएका छन् । आचार्यले रुख चिन्हमा १०६१८ मत प्राप्त गर्दा नेकपा एमालेका बृजेशकुमार गुप्ताले ९०४४ मत प्राप्त गरेका छन् ।
कपिलवस्तु–३ प्रतिनिधिसभातर्फमा जारी मतगणनामा नेकपा एमालेका मँगलप्रसाद गुप्ताले अग्रता लिएका छन् । उनले सूर्य चिन्हमा ५२९७ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका अभिषेक प्रताप शाहले ४७४० मत लिएर दोस्रो स्थानमा छन् ।
रुकुम पूर्व प्रनिधिसभाको जारी मतगणनामा यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले अग्रता लिएका छन् । यसअघि लुम्बिनी प्रदेशसभाका सभामुखसमेत रहेका घर्तीले गोलकारभित्र हंसियाँ हथौंडामा ९१३१ मत प्राप्त गर्दा नेकपा एमालेका कैलाशकुमार मल्ले सूर्य चिन्हमा ३२१४ मत प्राप्त गरेका छन् ।
रोल्पा एकमात्र निर्वाचन क्षेत्र रहेको यस निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनः भारी मतकासाथ अघि छन् । उनले हंसियाँ हथौडा चिन्हमा १६२१९ मत प्राप्त गर्दा नेकपा एमालेका पुर्ण बुढामगरले सूर्य चिन्हमा ६६१९ मत प्राप्त गरेका छन् ।
बर्दिया–१ निर्वाचन आयोगले प्रकाशित गरेको तथ्याङ्क अनुसार बर्दिया १ को जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका संजय गुप्ताले अग्रता लिएका छन् । उलने रुख चिन्हमा १३७२८ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले ढकिया चिन्हमा १३४९२ मत प्राप्त गरेर दोस्रोमा छन् ।
बर्दिया–२ प्रनिधिसभा निर्वाचनको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार लालविर चौधरीले अग्रता लिएका छन् । रेशम चौधरीका बुवा लालबिरले चापाकल चिन्हमा २५८१२ मत प्राप्त गरेका छन् । यसैगरी दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका सुरेस पन्तले गोलाकारभित्र हंसियाँ हथौंडामा २१३८८ मत प्राप्त गरेका छन् ।
प्यूठान प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिएका छन् । थापाले सूर्य चिन्हमा २०२४१ मत प्राप्त गरेका छन् । यसैगरी दोस्रोमा रहेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले गिलास चिन्हमा १६४०४ मत प्राप्त गरेकी छन् ।
बाँके–१ प्रतिनिधसभातर्फको जारी मतगणनामा नेकपा एमालेका सुर्यप्रसाद ढकालले अग्रता लिएका छन् । उनले सूर्य चिन्हमा १२४२३ प्राप्त गर्दा नेकपा माओवादीका महेश्वर जंग गहतराजले गोलाकारभित्र हंसियाँ हथौंडामा १०८८३ मत प्राप्त गरेका छन् ।
बाँके–२ जारी मतगणनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका धवल शमशेर राणाले अग्रता लिएका छन् । उनले हलो चिन्हमा २९५७७ मत प्राप्त गर्दा दोस्रोमा रहेका जसपका मोहम्मद इस्तियाक राईले ढल्केको छाता चिन्हमा २३५२० मत प्राप्त गरेका छन् ।
बाँके–३ जारी मगणनामा सुरुवाती अग्रता लिएको नेकपा एमालेलाई पछी पार्दै नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका किशोरसिंह राठोरले रुख चिन्हमा १५२६९ मत प्राप्त गर्दा एमालेका किस्मतकुमार कक्षपतिले सूर्य चिन्हमा १२७५० मत प्राप्त गरेका छन् ।
नवलपरासी–१ जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका विनोद चौधरी अगाडि छन् । उनले रुख चिन्हमा ९९०१ मत प्राप्त गरेका छन् । राष्ट्रि स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले घण्टी चिन्हमा ९५६५ मत प्राप्त गरेका छन् ।
नवलपरासी २ यस क्षेत्रमा राप्रपाका धुर्वबहादुर प्रधानले अग्रता लिएका छन् । प्रधानले हलो चिन्हमा १३३५३ मत प्राप्त गर्दा काँग्रेसका देवेन्द्रराज कंडेलले ६५१५ मत प्राप्त गरेका छन् ।
गुल्मी–१ मतगणनाको तयारी हुँदै ।
गुल्मी–२ यस क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्टले अग्रता लिएका छन् । उनले सुर्य चिन्हमा २४१५० मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले कलम चिन्हमा २१९३९ मत प्राप्त गरेकी छन् ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६