प्रदेश

रुपन्देहीका ३ निर्वाचन क्षेत्रमा एमाले अगाडि, अन्य २ मा काँग्रेस र लोसपाको अग्रता



बुटवल ७ मंसिर । प्रतिनिधि तथा प्रदेशसभाको जारी मतगणनामा रुपन्देहीका ५ निर्वाचन क्षेत्र मध्ये ३ निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । अन्य निर्वाचन क्षेत्रहरुमा नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले अग्रता लिएका छन् ।
रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता लिएका छन् । उनले सूर्य चिन्हमा ४४९२ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका नेता घनश्याम भुसालले त्रिभुजमा ३४१८ प्राप्त गरेका छन् । यसैगरी तेस्रो स्थानमा रहेको ढकियामा ३१५७ मत प्राप्त भएको छ । यो नतिजा १७७१७ मत गणना गर्दाको हो ।
रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । सुरुवाती मतगाण्नामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि परेका एमाले उपाध्यक्ष पौडेलले अग्रता लिएर मतान्तर बढाउँदै छन् । एमाले उपाध्यक्ष पौडेलले सूर्य चिन्हमा ७५५५ प्राप्त गरेर अघि छन् । दोस्रोमा रहेको घण्टीमा ६८६९ मत प्राप्त भएको छ भन् घर चिन्हमा ५५०२ मत प्राप्त भएको छ ।
रुपन्देही–३ मा गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले अग्र लिएका छन् । उनले रुख चिन्हमा ९१८२ मत प्राप्त गर्दा दोस्रोमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बोहोराले हलो चिन्हमा ८४७९ मत प्राप्त गरेका छन् ।
रुपन्देही–४ मा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले अग्रता लिएको छ । उक्त दलका सर्वेन्द्रनाथ शुक्लाले साइकल चिन्हमा १४२५१ मत प्राप्त गर्दा यसअघि सोही क्षेत्रबाट सांसद रहेका नेपाली काँग्रेसका प्रमोद यादव दोस्रोमा छन् । उनले ११५९४ मत प्राप्त गरेका छन् ।
रुपन्देही–५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन् । उनले यसअघि सोही क्षेत्रबाट सांसद रहेका नेपाली काँग्रेसका भरतशालाई पाछि पारेका छन् । ४५७२२ मत गनेर सक्दा एमालेका घिमिरेले सूर्य चिन्हमा १९५६४ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका शाहले रुख चिन्हमा १४२६६ मत प्राप्त गरेका छन् । उनीहरु बीच ५२९९ को मतान्तर रहेको छ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६