प्रदेश

प्युठानको ३ वटै क्षेत्रमा एमाले अगाडि



प्युठान ७ मङ्सिर । प्युठानका ३ वटै क्षेत्रमा अहिलेसम्म एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । प्रतिनिधि सभा तर्फ हालसम्म गौमुखी, ऐरावती, सरुमारानी, नौबहिनिको मत गणना सकिएको छ । झिमरुक १ नम्बर वडाको मत गन्ने क्रम जारी छ ।
अहिलेसम्म एमालेका सूर्य थापाले १८ हजार ४४९ र जनमोर्चाका दुर्गा पौडेलले १३ हजार७६८ मत प्राप्त गर्नुभएको छ । थापा ४ हजार ६७४ मतले अगाडी हुनुहुन्छ । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ म तुल्सिराम शर्मा ८ हजार ७८४ र कृष्ण अधिकारी ६ हजार ८३६ मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका हरि रिजाल ७ हजार ८६ र नेपाली काङ्ग्रेसका रोज राणाले ५ हजार ५०७ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६