प्रदेश

दाङमा गठबन्धनको अग्रता कायमै



घोराही ७ मङ्सिर । दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा बुधवार बिहान ६ बजेसम्मको मत परिणाम अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिइरहनुभएको छ भने नेकपा एमालेका उम्मेदवारहरूले उहाँहरूलाई पछ्याइरहनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अघि रहनुभएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा ९एकीकृत समाजवादी० का तर्फबाट गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले अग्रता कायम राख्नुभएको छ । करिब १४ हजार मतगणना हुँदा नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई एक हजार चार सय १४ मत अन्तरले पछि पार्दै सहरी विकासमन्त्रीसमेत रहनुभएका मेटमणि चौधरीले अग्रता कायमै राख्नुभएको हो ।
अग्रता कायम गर्नुभएका चौधरीले पाँच हजार एक सय २४ मत प्राप्त गर्नुभएको छ भने शान्ताले तीन हजार सात सय १० मत ल्याउँदै पछ्याइरहनुभएको छ । क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले दुई हजार ८ सय ८६ र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सुरेन्द्र चौधरीले नौं सय ४८ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर १ मा अझै ६४ हजार मतगणना हुन बाँकी रहेको छ ।
दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले १३ हजार २ सय ४ मत प्राप्त गरेर अग्रतामा हुनुहुन्छ । गठबन्धनकी साझा उम्मेदवार शर्माले एमालेका उम्मेदवार शङ्कर पोखरेललाई एक हजार ६ सय १६ मतले पछि पार्दै सुरुदेखि नै अग्रता कायम गरिरहनुभएको छ ।
पोखरेलले ११ हजार ५ सय ८८ मत प्राप्त गर्नुभएको छ । करिब १८ सय मतले पछि पर्नुभएका पोखरेलले पछिल्लो समय मतान्तर घटाउँदै लाग्नुभएको छ । यसक्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले तेस्रो स्थान कायम गर्नुभएको छ ।
अधिकारीले छ हजार ३ सय ५० मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा ३५ हजार ७ सय ६० मत गणना भइसकेको छ । अझै करिब ४३ हजार बढी मतगणना हुन बाँकी रहेको छ ।
यसैगरी क्षेत्र नम्बर ३ मा पनि गठबन्धनकै उम्मेदवार दीपक गिरीले अग्रता कायम गरिरहनुभएको छ । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गिरीले सात हजार ४ सय ३७ मत ल्याएर अग्रता लिइरहनुभएको छ । गठबन्धनका साझा उम्मेदवार गिरीलाई एमाले उम्मेदवार कोमल वलीले पाँच हजार आठ सय ७९ मत ल्याएर पच्छाइरहनुभएको छ ।
यसक्षेत्रमा एक हजार पाँच सय ५८ मतले कांग्रेसका उम्मेदवार गिरीले अग्रता लिइरहनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले तीन हजार ३१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभएको छ ।
यस क्षेत्रमा अझै ५० हजार बढी मतगणना हुन बाँकी रहेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार १८ हजार २ सय ६० मत मात्रै गणना भएको छ । यसैगरी प्रदेश सभातर्फ पनि सत्ता गठबन्धनकै उम्मेदवारहरूले अग्रता कायम गरिरहनुभएको छ ।
जिल्लाका ६ वटै प्रदेशसभाका क्षेत्रहरूमा गठबन्धनका उम्मेदवारहरू अघि रहनुभएको छ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६