प्रदेश

प्रतिनिधिसभातर्फ सिन्धुलीमा माओवादीका दाहाल विजयी



काठमाडौं, ०७ मंसिर ।
प्रतिनिधिसभा सदस्यतर्फ नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ बाट माओवादी केन्द्रका उमेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

उनले २७ हजार ५१७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले का उमेदवार मनोजजंग थापाले २१ हजार ६८७ मत पाएको निर्वाचन आयोगले जनाएको छ । उनीहरूबीचको मतान्तर पाँच हजार ८३० छ । ०६४ सालदेखि सो क्षेत्रबाट माओवादी केन्द्रका हरिबोल गजुरेल निर्वाचित हुँदै आएका थिए ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६