प्रदेश

गुल्मी २ बाट लगातार तेस्रोपटक विजयी गोकर्ण विष्ट



गुल्मी, ०७ मंसिर।
गुल्मी क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी रामकुमारी झाक्री २ हजार बढी मतले पराजित भएकी छन्।

उनी नेकपा एमालेका गोकर्ण विष्टसँग २ हजार ३५ मतले पराजित भएकी हुन्।

मत परिणाम अनुसार विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्।

विष्ट भने गुल्मी २ बाट लगातार तेस्रोपटक विजयी भएका छन्। यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका विष्ट विजयी हुँदा झाक्री पनि एउटै पार्टीमा थिइन्।

पछि नेकपा फुटका कारण एमाले पनि टुक्रिएपछि झाक्री माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीमा गएकी थिइन्।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६