दाङ, ०८ मंसिर । प्रदेश सभातर्फ दाङ ३ (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की विजयी हुनुभएको छ।
मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गर्नु भएको हो। उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गर्नु भएको हो।
माओवादीका मास्कीले एमालेका बस्नेतलाई २ हजार १६३ मतान्तरले पराजित गर्नु भएको हो। तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले ३ हजार ४ सय १९ मत प्राप्त गर्नु भएको छ।








प्रतिक्रिया