कपिलवस्तु, १० मंसिर ।
सत्ता गठबन्धनलाई पराजित गरेको नेकपा एमालेले कपिलवस्तु १ मा शुक्रबार विजयी र्याली गरेको छ ।
मंसिर ४ गते सम्पन्न भएको स्थानीय तहको चुनावमा प्रतिनिधि सभा १ र दुबै प्रदेश सभा जितेको एमालेले जितको खुसीयालीमा क्षेत्रभरी विजयी र्याली निकालेको हो ।
प्रतिनिधि सभा सदस्यमा मा नेकपा (एमाले) का बलराम अधिकारी फराकिलो मतान्तरले विजयी हुनभएको छ । ५ दलीय गठबन्धनबाट उम्मेद्वारी दिएका चक्रपाणि खनाल (बलदेव) लाई फराकिलो मतान्तले पराजित गर्दै अधिकारी विजयी हुनुभएको हो । एमाले का केन्द्रिय सदस्य, कपिलवस्तु जिल्ला ईञ्चार्ज समेत रहेका अधिकारी ३४ हजार ६ सय ७५ मत सहित विजयी हुनुभएको हो भने माओवादी सचिव समेत रहेका खनालले १८ हजार ९ सय ८३ मत प्राप्त गर्नुभएको छ । एमालेका अधिकारी १५ हजार ६ सय ९२ मतको फराकिलो अन्तरले विजयी हुनुभएको हो ।
यस्तै प्रदेश सभा १ मा नेकपा एमालेका विष्णु पन्थी विजयी भएका छन् । सम्पन्न प्रदेश सभा १ को मतगणनामा उम्मेदवार पन्थीले २० हजार २ सय ४७ मत प्राप्त गरी विजयी भएका हुनुभएको हो । मतगणनाको सुरुवाती चरण देखि नै अगाडी देखिएका पन्थी फराकिलो मतान्तरले बिजयी हुनुभएको हो । पन्थीका प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली काङ्ग्रेसका उम्मेदवार डोलकराम घिमिरेले १५ हजार ७ सय ९७ मत प्राप्त गर्नुभयो । घिमिरेलाई ४ हजार ४ सय ५० मतले पछाडि पार्दै पन्थी प्रदेश सभामा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो ।
यता प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार मधुसुदन शरण चौधरी विजयी हुनुभएको छ । चौधरीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार सहसराम यादवलाई २६ सय ८२ मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो । कुर्मीले ११ हजार ७४८ मत पाउँदा उनका प्रतिस्पर्धी यादवले ९ हजार ३३ मत पाएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा १ का निर्वाचन सहायक अधिकृत शान्तराज आचार्यले जानकारी दिनुभयो । निर्वाचनमा पराजित भएका यादव लुम्बिनी प्रदेश सभाका भौतिक पूर्वाधार मन्त्री समेत हुनुहुन्छ । उहाँ ०७४ मा यही क्षेत्रबाट तत्कालिन संघीय समाजवादी फोरमबाट विजयी हुनुभएको थियो । यस्तै नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार फैजल खानले ८ हजार ८०७ मत पाएर तेस्रो हुनुभएको छ ।
निर्वाचन अगाडीसम्म यो क्षेत्रमा सत्तारुढ गठबन्धन बलियो रहेको प्रक्षेपण रहदै आए पनि मतदाताले एमाले उम्मेदवारलाई जिताएका हुन् ।








प्रतिक्रिया