प्रदेश

सुदर्शन बरालले दिए लुम्बिनी प्रदेश अध्यक्षबाट राजीनामा




बुटवल, १० मंसिर ।
प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

अध्यक्ष पदमा नरहे पनि अविचलितरुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पुरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले विविध कमीकमजोरीका वावजुद सत्ता गठबन्धन सामान्यतः सफल भएको समेत उल्लेख गरेका छन् । पार्टीले पराजय भोग्नुका पछाडि प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फका सिट वाँडफाँट र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको, उम्मेदवार मनोनयन दर्ता भइसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्बोधन गर्न नसकेको लगायत कारण रहेको बरालले उल्लेख गरेका छन् ।

२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा १९ सिट जितेको थियो । यसपटक नेपाली कांग्रेस सहितको सत्ता गठबन्धनमा रहँदा कांग्रेसले ३३, माओवादीले १७, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले एक, एक क्षेत्र भागबण्डा गरेका थिए । तर माओवादी केन्द्रले ५ सिट मात्र जितेको छ । माओवादीका बागी स्वतन्त्र उम्मेदवारले ३ क्षेत्रमा जितेका छन् ।

प्रकाशित : १० मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६