प्रदेश

प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा जिल्लाबासीले दिएको योगदान अविश्मरणिय छः डम्मर शर्मा



कपिलवस्तु, १० मंसिर ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष एवम् जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माद्धारा एक प्रेस विज्ञप्ती जारी गर्दै २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाबासीले नेकपा (एमाले) प्रति सूर्य चिन्हमा मतदान गरी देखाउनु भएको सम्मान्,माया, स्नेत, सदभाव प्रति उच्च सम्मान ब्यक्त गर्दछौं भनिएको छ ।

जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी विज्ञप्तीमा कपिलवस्तुवासीले नेकपा (एमाले)प्रति देखाउनु भएको यस प्रकारको सम्मान एवम् शुभेच्क्षाबाट आफनो पार्टीलाई थप उर्जा, बल प्राप्त हुने विज्ञप्तीमा भनिएको छ । एमाले जिल्ला अध्यक्ष शर्माले निर्वाचनका सन्दर्भमा गरिएका प्रतिवद्धता र जनचाहना अनुरुप समृद्ध कपिलवस्तु, सुखी कपिलवस्तुवासीको चाहन पुरा गर्ने कामका निम्ति जननिर्वाचन प्रतिनिधी ,सिंगो पार्टी पक्ति, राजनैतिक दल र सरोकारवाला बीच सहकार्य गर्दै अगाडी बढने कुरा जारी विज्ञप्तीमा स्पष्ट पार्नु भएको छ ।

अध्यक्ष शर्माद्धारा जारी विज्ञप्ती मार्फत प्रतिनिधी सभा तथा प्रदेश सभामा नेकपा (एमाले) एवम् अन्य दलबाट निर्वाचित हुनु हुने सबै जनप्रतिनिधी प्रति बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं भनिएको छ। जारी विज्ञप्तीमा लोकतान्त्रिक प्रक्रियामा विजेता बन्नु र उपविजेता बन्ने कुरा स्वभाविक रहेको र यही नै लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै जिल्लाको समग्र विकासका निम्ति सबै पक्षको अहम भूमिका रहने कुरामा आफ्नो पार्टी स्पष्ट रहेको उल्लेख गरिएको छ ।

अध्यक्ष शर्माले निर्वाचनका सन्दर्भमा प्रत्यक्ष एवम् परोक्ष रुपमा पार्टीका उम्मेद्वार र सिंगो निर्वाचनलाई सफल पार्नका निम्ति योगदान पु¥याउनुहुने सिंगो पार्टी पक्ति, सुरक्षाकर्मी, सचारकर्मी, निर्वाचनमा खटिनुहुने कर्मचारी एवम् आम जिल्लाबासी प्रति हार्दिक धन्यवाद, आभार एवम् कृतज्ञता ब्यक्त गर्दछौं भनिएको नेकपा –एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

प्रकाशित : १० मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६