अर्थ-वाणिज्य

राप्रपाको प्रत्यक्षमा ७ सीट : कुन स्थानको पार्टी बन्ला राप्रपा ?




कपिलवस्तु १० मंसिर ।राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सात वटा निर्वाचनमा क्षेत्रमा जित हात पारेको छ।झापा(३ बाट अध्यक्ष राजेन्द्र लिङ्देन, मकवानपुर १ बाट दीपक सिंह, चितवन(३ बाट विक्रम पाण्डे, नवलपरासी पश्चिम २ बाट ध्रुवबहादुर प्रधान विजयी भएका छन्।यस्तै, रूपन्देही ३ बाट दीपक बोहोरा, बाँके २ बाट धवलशमशेर राणा विजयी भएका छन् भने जुम्लाबाट ज्ञानबहादुर शाही विजयी भएका छन्।२०७४ सालको प्रतिनिधि सभामा राप्रपाबाट राजेन्द्र लिङ्देन मात्र सांसद थिए भने समानुपातिकमा पनि उसले तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेको थिएन। राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग गरिरहेको राप्रपाले यसपालि भने प्रत्यक्ष र समानुपातिक दुबैतर्फ निकै नै मत बढाएको छ।समानुपातिकमा अहिलेसम्म ४ लाख ४८ हजार ७ सय ९७ मतसहित राप्रपा पाँचौं स्थानमा छ।

प्रकाशित : ११ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६