प्रदेश

समानुपातिकमा एमालेको मत २५ लाख नाघ्यो, काँग्रेसलाई २३ लाख ९० हजार



बुटवल १२ मंसिर । नेकपा एमालेको प्रतिनिधिसभा तर्फको समानुपातिक मत २५ लाख नाघेको छ । हालसम्म भएको मतगणना अनुसार एमालेले २५ लाख २२ हजार ७२० मत पाएको छ भने नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत पाएको छ ।
तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार ८८९ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १० लाख ४५ हजार ९९७ मत पाएको छ ।
समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ४७०, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार ४५०, जनमत पार्टीले २ लाख ५६ हजार३३, नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार ११८ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९३३ मत पाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २६ हजार ४१ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार ७५१ मत, हाम्रो नेपाली पार्टीले ५२ हजार ८०८ मत, मंगोल नेसनल अर्गनाइजेसनले ४५ हजार ५०५, राष्ट्रिय जनमोर्चाले ४४ हजार ७९६ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६