प्रदेश

कपिलवस्तुको कुन क्षेत्रमा कति मत बदर भए ?

मतदातामा शिक्षाको कमि भएको विश्लेषण





हरि घिमिरे,

कपिलवस्तु१२ मंसिर ।यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा कपिलवस्तु जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ३१ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ४० प्रतिशत मत बदर भएको छ । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा भएको बदर मत संख्यालाई हेर्दा मतदातामा शिक्षाको कमि भएको विश्लेषण गरिएको छ ।जिल्लामा कूल ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ १३ हजार ४ सय ५६ मत बदर भएको छ । साथै, प्रदेशसभामा ११ हजार १ सय ४३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी अनिता क्षेत्रिले जानकारी दिनुभयो ।

उहाँका अनुसार समानुपातिकतर्फ १३ हजार १ सय ३७ मत बदर भएका छन् । उहाँले प्रतिनिधिसभामा प्रदेशसभाको भन्दा धेरै मत बदर भएको बताउनुभयो । बदर मतमा औंठा छाप लगाएका र तिन चार ठाँउ स्वस्तिक छाप लगाएका मतपत्र धेरै भेटिएको उहाँले जानकारी दिनु भयो ।कपिलवस्तु जिल्ला क्षेत्र नं १ मा १ लाख ४१ हजार १३ मतदाता रहेकोमा ९१ हजार ९ सय ४५ मत खसेको थियो । जसमा पाँच हजार ३ सय ९६ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ७९ हजार ४ सय ५३ मतदाता रहेकोमा ५३ हजार ३ सय ४ मत खसेको थियो । जसमा २ हजार १ सय २४ मत बदर भएको थियो । त्यसैगरी प्रदेशसभा २ मा ६१ हजार ५ सय ६० मतदाता रहेकोमा ३८ हजार ५ सय ३२ मत खसेको थियो जसमा २ हजार १ सय ७३ मत बदर भएको थियो ।

निर्वाचन क्षेत्र नं २ मा १ लाख २१ हजार ६ सय ७६ मतदाता रहेकोमा ८३ हजार ९ सय २८ मत खसेको थियो । जसमा ३ हजार १ सय ९८ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६४ हजार ५ सय १७ मतदाता रहेकोमा ४५ हजार ५ सय ३९ मत खसेको थियो । जसमा १ हजार १ सय ८६ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ५७ हजार १ सय ५९ मतदाता रहेकोमा ३८ हजार ३ सय २२ मत खसेको थियो । जसमा १ हजार ७ सय ८२ मत बदर भएको थियो ।निर्वाचन क्षेत्र नं ३ मा १ लाख १५ हजार ५ सय ४३ मतदाता रहेकोमा ७७ हजार ६ सय ३६ मत खसेको थियो । जसमध्ये ४ हजार ८ सय ६२ मत बदर भएको थियो । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ६२ हजार ५८ मतदाता रहेकोमा ४१ हजार ८ सय ४९ मत खसेको थियो । जसमा १ हजार ८ सय ८ मत बदर भएको थियो । साथै, प्रदेशसभा २ मा ५४ हजार ८ सय ८५ मतदाता रहेकोमा ३५ हजार ६ सय २४ मत खसेको थियो । जसमा दुई हजार ७० मत बदर भएको थियो ।

यस्तै समानुपातिक तर्फ क्षेत्र न. १ मा ४ हजार ९ सय २० मत बदर भएको छ । क्षेत्र न. २ मा ३ हजार ५ सय २३ मत बदर भएको जानईएको छ । त्यस्तै क्षेत्र न. ३ मा ४ हजार ६ सय ९४ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा रहेको छ ।

यस्तो छ निर्वाचन कार्यलयको तथ्याङ्क

प्रकाशित : १२ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६