ब्रेकिंग न्युज

नोनट अगेन अभियान फेल : दोहाराएर चुनाव लडेका ३९ प्रतिशत मात्र पास



कपिलवस्तु १३ मंसिर । प्रतिनिधिसभा निर्वाचनअघि सामाजिक सञ्जालमा चलेको एउटा अभियानले धेरैको ध्यान तान्यो । विभिन्न दलका शीर्ष नेता र पटक(पटक निर्वाचित भएका सांसदलाई पुनः निर्वाचित गराउन नहुने भन्दै नो नट अगेन अभियान सञ्चालन गरिएको थियो ।प्रत्यक्षतर्फको मत परिणाम अन्तिम चरणमा आउँदा प्रमुख दलका शीर्ष नेताहरु निर्वाचित भएका छन् । यसवाट नो नट अगेन पनि फेल भएको छ । पराजित भएका हेभीवेट नेताहरुमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, गृहमन्त्री बालकृष्ण खाँण लगायत रहेका छन् ।
उनीहरुमात्र होइन दोहोर्‍याएर चुनाव लडेका धेरै सांसद यसपटक पराजित भए ।२०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २७५ सांसदमध्ये १४६ सांसद यसपटक पनि चुनावी मैदानमा थिए । जसमा प्रत्यक्ष चुनाव लडेका १३७ मध्ये ५३ जना पुनः निर्वाचित भएका छन् । ७९ जना पराजित भएका छन् ।मतगणना हुन बाँकी रहेको क्षेत्रमा प्रतिस्पर्धामा रहेका ५ जनाको परिणाम आउन बाँकी छ । यसवाट प्रष्ट हुन्छ दोहोराएर चुनाव लडेका मध्ये ३९ प्रतिशत मात्र पास भएका छन्
समानुपातिक सूचीमा रहेका ११ जना सांसद निर्वाचित हुने वा नहुने भन्ने निर्णय आउन केही समय कुर्नुपर्नेछ ।निवर्तमान प्रतिनिधिसभाको ठूलो दल नेकपा एमालेका ९८ जना प्रतिनिधिसभा सदस्यमध्ये ५५ जनाले यो निर्वाचनमा (एमालेबाटै र एमाले छोडेर समेत) प्रत्यक्ष उम्मेदवारी दिएका थिए, तीमध्ये १७ जना निर्वाचित भए भने बाँकी ३६ जना पराजित भए । दुई जना (पद्माकुमारी अर्याल र रघुवीर महासेठ) को परिणाम आउन बाँकी छ ।
२०७४ मा निर्वाचित कांग्रेसका ६३ सांसदमध्ये २९ जनाले प्रत्यक्ष चुनाव लडेकामा १२ जना पुन निर्वाचित भएका छन् भने १४ जना पराजित भए । ३ जना (डा।नारायण खड्का, विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्की)को नतिजा आउन बाँकी छ ।माओवादी केन्द्रका ४९ (५३ मा ४ जना पहिले नै एमाले प्रवेश गरेका) मध्ये २० जना यसपटक प्रत्यक्षमा उम्मेदवार थिए, जसमध्ये ९ जना पुनस् निर्वाचित भएका छन् ।नेकपा एकीकृत समाजवादीका २३ मध्ये १० जना निवर्तमान सांसद प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये ५ जनाले चुनाव जिते ।जनता समाजवादी पार्टी जसपा का २० मध्ये ९ जना प्रत्यक्षमा उम्मेदवार थिए । तीमध्ये ३ जनाले चुनाव जिते । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का १२ मध्ये पाँच जना पुनः प्रत्यक्षतर्फ उम्मेदवार थिए । तीमध्ये २ जनामात्रै पुननिर्वाचित भए ।
हेभिवेट पनि ढले :
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई काठमाडौं(५ मा कांग्रेसका प्रदीप पौडेलले, उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई चितवन(१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले हराए ।एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई गुल्मी–१ मा कांग्रेसका चन्द्र भण्डारीले र सचिव लेखराज भट्टलाई कैलाली(४ मा कांग्रेसका वीरबहादुर बलायरले पराजित गरे ।नेपाली कांग्रेसका सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय डिना र उमाकान्त चौधरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपसभामुख पुष्पा भुसाल, राज्यमन्त्री उमेश श्रेष्ठलगायतका निवर्तमान सांसदहरु पनि पराजित भए ।
डिना मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंहसँग, उमाकान्त चौधरी बारा–१ मा एमालेका अच्युत मैनालीसँग, पूर्वमहामन्त्री सिटौला झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग र गृहमन्त्री खाँण रुपन्देही–३ मा राप्रपाका दीपक बोहरासँग पराजित भए ।पूर्वउपसभामुख भुसाल अर्घाखाँचीमा एमाले सचिव टोपबहादुर रायमाझीसँग र उमेश श्रेष्ठ चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग पराजित भए ।नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल, पम्फा भुसाल र मातृका यादव र सचिव चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ती पराजित भए ।
गुरुङलाई लमजुङमा एमाले उपमहाचिव पृथ्वी सुब्बा गुरुङले, पोखरेलाई महोत्तरी–१ मा एमालेकी लक्ष्मी महतोले, भुसाललाई ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्कीले र यादवलाई धनुषा–१ मा जसपाका दीपक कार्की, खनाललाई कपिलवस्तु–१ मा एमालेका बलराम अधिकारीले र घर्तीलाई काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले हराए ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष धर्मनाथ साह, सचिव जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री र पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पनि पराजित भए । खनाललाई इलाम–१ मा एमालेका महेश बस्नेतले, साहलाई सिरहा(४ मा जसपाका वीरेन्द्र महतोले, खतिवडालाई उदयपुर–२ मा एमालेका अम्बरबहादुर रायमाझीले, झाँक्रीलाई गुल्मी–२ मा एमालेका गोकर्ण विष्टले र श्रेष्ठलाई र राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पराजित गरे ।
जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी(२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले १८ हजारभन्दा बढी मतान्तरले हराइदिए । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही(२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले पराजित गरे भने नेता लक्ष्मणलाल कर्णलाई पर्सा–१ मा जसपाका प्रदीप यादवले पराजित गरे ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी पनि नवलपरासी पश्चिम–१ मा कांग्रेसका विनोद चौधरीसँग पराजित भए । एमालेको सूर्य चिह्नमा चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भए ।मतगणना नै सुरु नभएको स्याङ्जा–२ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल प्रतिस्पर्धामा छन् । एमालेका सचिव रघुवीर महासेठ धनुषा–४ मा, कांग्रेस नेता विजय गच्छदार सुनसरी–३ मा, कांग्रेस नेता, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ मा, कांग्रेस नेता परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर–१ मा प्रतिस्पर्धामा छन् ।
पार्टी फेर्नेहरुलाई सजाय :
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेबाट चुनाव लडेका लेखराज भट्ट कैलाली(४ मा र गौरी शंकार चौधरी कैलाली ३ मा पराजित भए ।एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल र हाम्रो नेपाली पार्टीबाट चुनाव लडेकी गंगा चौधरी पनि पराजित भए ।लोसपाबाट एमाले प्रवेश गरेर चुनाव लडेका निवर्तमान सांसद एकवाल मियाँ बारा ४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठसँग र उमाशंकर अरगरिया धनुषा(२ मा कांग्रेसका रामकृष्ण यादवसँग पराजित भए ।यद्यपि, माओवादी छाडेर एमालेबाट उम्मेदवारी दिएका टोपबहादुर रायमाझी, एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह र किरणकुमार साह, कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंहले चुनाव जिते ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६