प्रदेश

गुल्मीमा ५० उम्मेदवारको जमानत जफत



गुल्मी १३ मङ्सिर । गुल्मीमा ५० जना उम्मेदवारको जमानत जफत भएको छ । मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यस जिल्लामा ६२ जना उम्मेदवारले भाग लिएका थिए । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा ५० जना उम्मेदवारको जमानत जफत भएको हो ।
कुल सदर मतको १० प्रतिशतभन्दा कम मत आउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था हुँदा यस जिल्लामा सो सङ्ख्यामा जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभाका लागि दश जना उम्मेदवारले भाग लिएका थिए । जसमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत ६८ हजार ६६४ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश पाण्डेले ३५४ मत प्राप्त गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टीका पदम रसाइलीले ३२ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका चन्दा थापाले ५४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले एक हजार ८८२ मत प्राप्त गर्नुभएको छ । हाम्रो नेपाली पार्टीका भुवनेश्वर अर्यालले १७४ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका लोक बहादुर थापाले २६५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र सुधन न्यौपानेले २ मत र कमला श्रेष्ठले ५ मत प्राप्त गर्नुभएको छ ।
सोही क्षेत्रको प्रदेश सभा ९क० मा प्रदेश सभाका लागि १० जना उम्मेदवारले भाग लिएका थिए । जसमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत २५ हजार ४१९ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु विक्रम पाण्डेयले ८३४ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाका ओम बहादुर कुँवरले ८५९ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका रुम बहादुर फौजाले १५५ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका पुनले २१५ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र चित्र बहादुर थापा मगरले ६ मत, ईश्वरी प्रसाद पाण्डेले ४ मत र टङ्कनाथ अर्यालले ४ मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभा ९ख० मा प्रदेश सभाका लागि ११ जना उम्मेदवारले भाग लिएका थिए । जसमा ९ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत ३७ हजार ४१ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम बहादुर थापाले ४८ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका सुशील पुनले १८३ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र नारायण प्रसाद आचार्यले ३२ मत, मेघ बहादुर गाहाले ५ मत, उमेश सिंजालीले ७ मत, दुर्गा बहादुर थापा क्षेत्रीले ३१ मत, अमर बहादुर कुँवरले १५ मत, प्रेम प्रसाद भण्डारीले १०० मत र गगन केसीले ३३ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभाका लागि १३ जना उम्मेदवारले भाग लिएका थिए । जसमा ११ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत ५६ हजार ५९३ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवाराज घिमिरेले ४३४ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका पदम थापा मगरले ७६ मत प्राप्त गर्नुभएको छ । हाम्रो नेपाली पार्टीका रामलाल पाण्डेले १७३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ठाकुर प्रसाद पाण्डेयले ३१३ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र तेजेन्द्र बहादुर महतले ४ मत, कमला पुनले ५०४ मत, दामोदर भुसालले २ मत, केशर बहादुर थापाले १२ मत, नारायण भट्टराईले १५ मत, अमर बहादुर कार्कीले १३५ मत र देवराज पाण्डेले ८ मत प्राप्त गर्नुभएको छ ।
सोही क्षेत्रको प्रदेश सभा ९क० मा प्रदेश सभाका लागि १० जना उम्मेदवारले भाग लिएका थिए । जसमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत २८ हजार १४९ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जीतेन्द्र विष्टले २४९ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका विष्णु सारुले ४१ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपालका घनश्याम पाण्डेले १४० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र नित्यानन्द पाण्डेले ८ मत, युवराज खरेलले ३५ मत, सन्त बहादुर थापाले ५ मत, प्रेम बहादुर कुमालले १३८ मत, झविन्द्र पाण्डेले १२ मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभा ९ख० मा प्रदेश सभाका लागि ८ जना उम्मेदवारले भाग लिएका थिए । जसमा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ कुल सदर मत २८ हजार ६५४ रहेको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र जिसीले ५६६ मत प्राप्त गर्नुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेसनका कमल सिंजाली मगरले १६२ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र बाबुराम कुँवरले ३२ मत, दुर्गाबहादुर विकले ६९ मत, बल बहादुर अधिकारी क्षेत्रीले ३३ मत र राजु विकले ४४ मत प्राप्त गर्नुभयो ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६