प्रदेश

काठमाण्डौ महानगरपालिकाको कार्यालय अगाडि सुकुम्बासीहरुको प्रदर्शन



काठमाण्डौ, १३ मंसिर । काठमाण्डौ थापाथलीको बाग्मती नदी किनारका सुकुम्बासीहरुले काठमाण्डौ महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।

धेरै सङ्ख्यामा जम्मा भएका सुकुम्बासीहरुले आफूहरुलाई सुकुम्बासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाले सोमवार सुकुम्बासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि यो क्षेत्र तनावग्रस्त बनेको थियो ।

महानगरपालिकाको कदमप्रति सुकुम्बासीहरुले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरु घाइतेसमेत भएका थिए । नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्बासीहरुले महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सुकुम्बासी एक हौँ, बालेन साह होसियार, सूचना आतङ्क बन्द गरु लगायतका नाराबाजी गरेका थिए ।

‘भूमिहिन,सुकुम्बासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको विरुद्ध बृहत् खबरदारी र्‍याली’ नाम दिइएको विरोध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए ।सुकुम्बासी सम्बद्ध दुई दर्जनभन्दा बढी सङ्घ, सङ्गठन र मोर्चाहरुको नाममा विरोध प्रदर्शन भएको थियो ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६