प्रदेश

चुनावी खर्च विवरण बुझाउन निर्वाचन आयोगको निर्देशन



काठमाण्डौ, १३ मंसिर । निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई चुनावको खर्च विवरण बुझाउन निर्देशन दिएको छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका सबै उम्मेदवारलाई मतपरिणाम आएको दिनदेखि ३५ दिनभित्र खर्च विवरण बुझाउन निर्देशन दिएको हो ।

आयोगले सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन भनेको छ । त्यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका दलहरूलाई पनि खर्च विवरण बुझाउन निर्देशन दिएको छ। यसअघि भएको पालिका चुनावमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिबाना गरेको थियो ।

पालिका तहमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका व्यक्तिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा दिएको उम्मेदवारी रद्द गरिएको थियो । उम्मेदवारले प्रचारप्रसार, गोष्ठी अन्तरक्रिया, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषयको खर्चको विवरण उल्लेख गरी चुनावको खर्चको विवरण बुझाउनु पर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६