खोज–अनुसन्धान

यी हुन् ३४ निर्वाचन क्षेत्रमा ५ सय भन्दा कम मतले पराजय भोग्नेहरु




काठमाडौँ १४ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नं। २ मा १९३ मतान्तरले पराजित भए । उनलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले पराजित गरेकी हुन् । पोखरेलले २६ हजार ६८७ मत ल्याउँदा माओवादी केन्द्रकी शर्माले २६ हजार ८८० मत ल्याइन् । ०७४ मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पहिलो मुख्यमन्त्री बनेका पोखरेल यसपटक प्रतिनिधिसभा सदस्यमा पराजित भएका हुन् ।
एमालेकै सचिव योगेश भट्टराई ताप्लेजुङसँग प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री २०८ मतान्तरले पराजित । ०७४ मा ताप्लेजुङबाटै १२ हजार ५९१ मतान्तरले जितेका भट्टराईलाई यसपटक नेपाली कांग्रेस र गठबन्धन भारी परेको थियो ।भट्टराईले २१ हजार ९४३ मत पाएर विजयी भए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका थिए । जबकि ०७४ मा भट्टराईले २९ हजार ४७९ मत ल्याउँदा कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत मात्रै पाएका थिए ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव धनुषा–४ मा १२४ मतान्तरले पराजित भए । यादवलाई नेकपा एमालेका रघुवीर महासेठले पराजित गरेका हुन् । यादवले ३२ हजार ११२ मत ल्याउँदा महासेठले ३२ हजार २३६ मत पाएर विजयी भए ।राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र काठमाडौं– १ मा १२५ मतले पराजित भए । उनलाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले दोहोर्‍याएर पराजित गरे । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मत ल्याएका थिए । ०७४ मा पनि यहाँ सिंह र मिश्रबीचमै मुख्य प्रतिस्पर्धा थियो । तर, त्यसबेला मिश्र विवेकशील साझा पार्टीबाट उम्मेदवार थिए । त्यसबेला सिंहले ८१८ मतान्तरले चुनाव जितेका थिए ।
इलाम–१ मा कांग्रेसका जिल्ला सभापति डम्बर खड्का ११४ मतान्तरले पराजित भए । यहाँ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पाँचौपटक चुनाव जिते । नेम्वाङले ३० हजार २० मत पाए जिते भने खड्काले २९ हजार ९०३ मत ल्याए ।निर्वाचन आयोगले पाँचथरको अन्तिम नतिजा घोषणा गरेको छैन । तर प्रत्यक्षतर्फको मतपेटिका गणना भइसक्दा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे ४७ मतले पराजित भएका छन् । समानुपातिकतर्फको पेटिकामा पनि प्रत्यक्षतर्फको मतपत्र भेटिएपछि अहिले त्यो गणना भइरहेको छ । प्रत्यक्षतर्फको पेटिका गणनाको अन्तिम परिणामअनुसार नेम्वाङले ३२ हजार ११० मत पाएका छन् भने आङ्देम्बेले ३२ हजार ६३ मत पाएका छन् ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६