प्रदेश

जनकपुरधाममा एउटै समारोहमा २६ जोडीको विवाह



धनुषा, १४ मंसिर । जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्न हिजो विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएका छन् ।

विवाह पञ्चमीमा भगवान श्री सीतारामको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । विगत चार वर्षदेखि भइरहेको सामूहिक विवाहको उद्देश्य जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तव्यको रुपमा पर्यटनको विकास गर्नु र दहेज ९दाइजो० उन्मूलनको सन्देश प्रवाह गर्नु रहेको आयोजकको भनाइ छ ।

जनकपुरधामको हुनेखाने स्थानीयसँग सहयोग सङ्कलन गरी मिथिलाको विवाहमा बेहुलीलाई उपहारस्वरुप दिइने मङ्गलसुत्र, बिछाओन, लत्ताकपडासहितको व्यवस्थापन आयोजकले गर्दै आएको छ । यसले गरिब र विपन्नको पनि विवाह धार्मिक, सामाजिक र प्रतिष्ठितरुपमा हुने आयोजकको भनाइ छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले सामाजिक भाइचारा विकास हुने बताइएको छ ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६