धनुषा मंसिर १५ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पराजित भएपछि धनुषा कांग्रेसमा विवाद उत्पन्न भएको छ ।
पराजित भए लगत्तै सहमहामन्त्री यादवले पूर्व राष्ट्रपति डा। रामवरण यादव र उहाँका छोरा डा। चन्द्रमोहन यादवले रघुवीर महासेठसँग मिलेर चुनाव हराएको आरोप लगाउनुभएको छ। उहाँले कांग्रेसीहरुलाई रघुवीरको पक्षमा मतदान गर्न लगाएको प्रमाण समेत आफूसँग रहेको दाबी गर्नुभएको छ । डा। चन्द्रमोहन धनुषा कांग्रेसका प्रभावशाली नेता हुनुहुन्छ ।
धनुषा चुनाव क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव महासेठसँग यादव १ सय २४ मतान्तर पराजित हुनुुभएको छ ।
महासेठले ३२ हजार २ सय ३६मत ल्याउनु भएको छ भने यादवले ३२ हजार १ सय १२ मत ल्याउनु भएको छ । मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठ विजयी हुनुभएको हो ।
महासेठ २०७४ को चुनावमा समेत यही चुनाव क्षेत्रबाट विजयी हुनुभएको थियो । २०७४ सालमा बाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ मत पाउनुुभएको थियो ।
डा।चन्द्रमोहनलाई अनुशासनहीन कार्य गरेकाले तत्कालै कारबाही प्रकृया बढाउने सहमहामन्त्री यादवले चेतावनी दिनुुभएको छ । अहिले समाजिक सञ्जालमा महेन्द्र यादव समर्थक र डा। चन्द्रमोहन यादव समर्थकबीच आरोपप्रत्यारोप लगाउने काम भइरहेको छ । कांग्रेस नेता डा। यादवले महेन्द्रले हारेपछि झुटो आरोप लगाएको बताउनुुभयो ।
डा। चन्द्रमोहन र महेन्द्र यादवबीच वर्षौँदेखि विवाद रहेको छ । दुवै मिल्दा राम्रो परिणाम आउँछ नमिल्दै दुवै पक्ष हार्ने गरेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका अवकाश प्राप्त प्राध्यापक रहेका राजनीतिक विश्लेषक शम्भुनाथ झाले बताउनुुभयो ।
१५ मंसिर २०७९, बिहिबार








प्रतिक्रिया