प्रदेश

पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालत पुगे रवीदत्त मिश्रा



कपिलवस्तु, १५ मंसिर ।
६ मतान्तरले प्रदेश सभा सदस्यमा पराजित भएका रवीदत्त मिश्रा सर्वोच्च अदालत पुगेका छन् । कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका मिश्रा नेकपा एमालेका उम्मेदवार अर्जुन केसीसंग ६ मतान्तरले पराजित भएका छन् । मतगणना गर्ने क्रममा यो निर्वाचन क्षेत्रमा विवाद भएको थियो ।

जारी विवादका बीच मतगणना सकिए पनि मिश्रा सन्तृष्ट छैनन् । उनले यो निर्वाचनको मतगणनामा धाधली भएको भन्दै मतपरिणामलाई अस्विकार गरेका छन् । मतगणनामा एमालेको प्रलोभनमा परेर आफूलाई मतगणनाका कर्मचारीले चुनाव हराएको उनको आरोप छ ।

उनले पुनः मतगणनाको माग राखेका छन् । पुनः मत गणना गर्न निर्वाचन अधिकृतको कार्यालयले नमाने पछि सर्वोच्च अदालतमा मुद्धा हाल्ने तयारी गरिरहेको उनले जानकारी दिएका छन् ।

मतगणनाबारे उनी भन्छन्, ‘निर्वाचनमा ४२ हजार १०२ मत खसेको थियो । तर मतपेटिकामा ४ सय ५७ मत गायव भए । हामीले विरोध गर्‍यौ । पछि निर्वाचन अधिकृतको कार्यालयले १ सय ६४ मत मात्र नभेटिएको बताए पछि हामी ‘कन्भिन्स’ भयौं । ती हराएका मत समानुपातिक तर्फको मत पेटिकामा हुन्छन् भनेर हामीलाई कार्यालयले भन्यो, हामीले स्विकार गर्‍यौ । तर, समानुपातिक तर्फको मतपेटिकामा जम्मा ३३ मत भेटिए । अरु मत एकाएक कसरी गायव भए ? यहाँ चलखेल भएको छ ।’

पुनः मतगणना हुनुपर्छ भन्दा निर्वाचन अधिकृतको कार्यालयले नसुने झै गरे पछि मुद्धा हाल्न सर्वोच्च अदालत पुगेको छु,’ उनले भने । अदालतको फैसलाबाट पुनः मतगणना हुनेमा उनी आशावादी छन् ।

निर्वाचन अधिकृतको कार्यालयले एमाले उम्मेदवार केसीलाई विजयी भएको घोषणा गरेको छ । कार्यालयका अनुसार केसीले ११ हजार ६३४ मत पाएका छन् भने मिश्राले ११ हजार ७३७ मत पाएका छन् ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६