प्रदेश

भ्रष्टाचार नियन्त्रण गर्नु मेरो पहिलो प्राथमिकता होः चन्द्र भण्डारी



रुपन्देही, १७ मंसिर । कांग्रेस नेता एवं गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । उनले आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्ने समेत बताए । बहुदलीय व्यवस्था ल्याएको ३० वर्ष पुग्दा पनि जनताको जीवनस्तर जहाँको त्यहीँ रहेको भन्दै उनले परिवर्तन गर्नका लागि भ्रष्टाचार नै रोक्नुपर्ने उनको भनाई छ ।

प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले मुलुकमा सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको भन्दै त्यसको नियन्त्रण हुन नसकेको आफ्नो पार्टी भित्रको युवा समूहको ठहर रहेको बताए ।

उमेरले भन्दा पनि विचारले युवा भएको नेतृत्व मुलुकले खोजेको बताउँदै भण्डारीले विचारमा उर्जा र युवा जोश भएको नेतृत्व आजको आवश्यकता भएको बताए । निर्वाचित जनप्रतिनिधिहरू पार्टीको रसिदमा झुन्डिएका कारण मुलुकले गति लिन नसकेको उनको भनाई छ । जनप्रतिनिधिहरूलाई सदस्यताको रसिदभन्दा माथि उठेर काम गर्न उनले आग्रह गरे । आफू चुनाव प्रचारमा हिँड्दा किसानहरू आत्महत्या गर्ने अवस्थाको डिप्रेशनमा गएको पाएको भन्दै भण्डारीले नेताहरू पदको दलाल जस्तो देखिएको आरोप लगाए । ‘सबैतिर माफियाको बोलवाला छ, कसरी हुन्छ विकास ?’ उनले प्रश्न गरे ।

अहिलेको निर्वाचनमा पार्टीमा फरक मत राख्न सक्ने युवाहरू निर्वाचित भएको भन्दै भण्डारीले त्यही फरक मत राख्न सक्ने युवाको टिमले पार्टीलाई जोगाउँदै नयाँ योजना ल्याएर अघि बढ्ने दावी गरे ।

प्रकाशित : १७ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६