खेलकुद

नेपाल र स्कटल्यान्ड भिड्दै



काठमाडौं १८ मंसिर । नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले आज आइतबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा दिउँसो १स्४५ बजे सुरु हुने खेलमा नेपाल जित निकाल्ने तयारीमा छ । शुक्रबार नेपाल र घरेलु टोली नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको थियो ।
नामिबियासँग एक अंक बाँडेको नेपाल आजको खेलमा स्पस्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ । पहिलो खेलमा नामिबियालाई नेपालले एक सय ९८ रनको विजय लक्ष्य दिएको थियो ।
तर, नामिबियाले लक्ष्य पछ्याउने क्रममा चार बल खेल्दा पानी परेपछि खेल रोकिएको थियो । स्कटल्यान्ड नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो ।
नेपाल र स्कटल्यान्डबीच यसअघि एकदिवसीयमा दुई खेल भएको छ । जसमा दुवै टोलीले एक एक खेल जितेका छन् । यस सिरिजमा दुवै देश दोस्रो खेल खेल्न लागेका हुन् ।
पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको थियो । सात टोली सहभागि लिग–२ मा नेपाल अहिले २१ खेलबाट १८ अंक जोड्दै छैटौं स्थानमा छ । २९ खेल सकेको स्कटल्यान्ड ४२ अंक सहित दोस्रो स्थानमा छ ।
हरेक टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित : १८ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६