प्रदेश

लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने प्रयास प्रति चार सांसदको आपत्ति



रुपन्देही, १८ मंसिर ।
नेकपा एमालेबाट निर्वाचित लुम्बिनीका चार जना नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने प्रयास गरिएकोमा आपत्ति जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै नवनिर्वाचित प्रदेशसभा सदस्यहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले तत्काल राजधानी नसार्न आग्रह गरेका हुन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन प्रदेश सरकारले राजधानी दाङ, अर्घाखाँचीको राप्ती र शितगंगा नगरपालिकामा स्थापित गर्ने निर्णय गरेको थियो ।

त्यहाँ व्यवस्थित गुरुयोजना र डीपीआर तयार गरी भौतिक पूर्वाधार बनाएर राजधानी स्थापित गर्ने निर्णय भए पनि अहिले कुनै संरचना नबनाई सार्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा राजधानी सार्ने कुरा केही दिनमै गठन हुने प्रदेशसभा र प्रदेश सरकारको जिम्मेवारीमाथि हस्तक्षेप भएको ठहर गर्दै त्यस्तो नगर्न आग्रह गरिएको छ ।

प्रकाशित : १८ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६