खेलकुद

भैरहवामा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु



लुम्बिनी १९ मङ्सिर । रुपन्देही सदरमुकाम भैरहवामा आइतबारदेखि स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कुल बुटवलले साइग्लोबल एकेडेमीलाई ९ विकेटले हरायो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको साइग्लोबलले निर्धारित खेलमा ९ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन जोड्यो । जवाफी ब्याटिङ गरेको एभरेष्टले ६ ओभरमा १ विकेटको क्षतिमा ६० रन जोड्दै जित निकाल्यो । लामो समयदेखि रुपन्देही क्रिकेट सङ्घले सञ्चालन गर्दै आएको यो प्रतियोगिता पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण रोकिएको थियो ।
यसपटक महामारी कम भएकाले पुनः प्रतियोगिता सुरु गरिएको सङ्घका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो । निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मङ्सिर २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६