अर्थ-वाणिज्य

भूमिको बर्गिकरणमा बाणगंगाले पायो सफलता : खुल्यो कित्ताकाटको काम




पार्वती पाण्डे /प्रयास पोखरेल

कपिलवस्तु २१ मंसिर । नगरको भू-उपयोग तथा बर्गीकरण सिफारीस समितीले गरेको भुमीको वर्गीकरणलाई नेपाल सरकारको नापी विभागले स्वीकृत गरेपछि कपिलवस्तुको वाणगंगा नगरपालिका भित्रका जमिनको कित्ताकाट खुलेको छ । कपिलवस्तुमा सबैभन्दा पहिलो नगरपालिकाको रुपमा वाणगंगाले भू-उपयोगका लागी भूमीको वर्गीकरण गरेको हो । लामो समय देखि रोकिएको कित्ताकाट सुरु हुने भएपछि मालपोत र नापीको काम समेत सुचारु हुने भएको छ । वाणगंगाले कपिलवस्तुमा सबैभन्दा पहिला यो काम कसरी सम्पन्न गर्यो त ? भन्ने प्रश्नमा वाणगंगाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले भन्नु भयो वडागत रुपमा छलफल हरेक वडामा जग्गालाई १० तहमा बर्गिकरण गर्दै नापी विभागमा पठाएर स्वीकृत गराउने काम भएको वताउनु भयो ।
भुमिको बर्गिकरण गरी स्थानिय सरकारले नेपाल सरकारको नापी बिभागमा पठाएपछि सही बर्गीकरण भएको पाइएमा स्वीकृत हुने प्रावधान अनुसार विभाग बाट स्वीकृत भएको हो । यो संगै यहाँका नागरीकले घरजग्गा खरीद बिक्री र नामसारी गर्न नपाएर परेको समस्या समाधान भएको बताउनुहुन्छ वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल ।उहाले चुनावको ब्यस्त समयमा पनि यो कामलाई उच्च प्राथमिकता दिएर गरिएकाले सफलता मिलेको वताउनु भयो । यता वाणगंगा नगरपालिकाले गरेको कामले मालपोत र नापी कार्यलयमा कित्ताकाट हुने काम शुरु भयो त भन्ने प्रश्नमा जिल्ला मालपोत अधिकृत ऋषिराम पौडेलले अव कित्ताकाट खुलेको वताउनु भयो । उहाले वाणगंगाका वडाले बर्गिकरण खुलाएर गर्ने सिफारिसका आधारमा कित्ताकाट हुने वताउनु भयो ।
यसबाट वाणगंगा नगरपालिकाका नागरीकले प्रत्यक्ष रुपमा लाभान्वीत भएका छन् । कपिलवस्तुका अन्य पालिकाले पनिी यो कामलाई छिटै गर्नुपर्छ भन्नुहुन्छ वाणगंगा नगरपालिकाका भु -उपयोग तथा वर्गीकरण समितीका सदस्य एवम् उपभोक्ता हित संरक्षण मन्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डे ।सर्वोच्च अदालतले भुमीऐन मुताबिक जग्गाको बर्गिकरण नगरी कित्ताकाट गर्न रोकेपछी स्थानिय तहले भु -उपयोग तथा वर्गीकरण समिती गठन गरेर काम गरेका भएपनि बाणगंगाले नतिजा हासिल गरेको छ । । अहिले सम्म कपिलवस्तुमा वाणगंगाले मात्रै यो काममा सफलता हासील गरेको छ । अब अन्य पालीकालाई यो काम गर्न थप दवाव समेत बढेको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६