प्रदेश

रुकुमपूर्वका उम्मेदवारले निर्वाचन खर्च बुझाउँदै



रुकुमपूर्व २० मङ्सिर । मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवार भएका छ जनाले खर्च विवरण बुझाउनु भएको छ । प्रतिनिधि सभाका छ र प्रदेश सभाका १२ जना गरी कुल १८ जना उम्मेदवार रहेकोमा अहिलेसम्म छ जनाले जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाउनु भएको हो । अब १२ जनाले निर्वाचन खर्च बुझाउन बाँकी रहेका छन् ।
निर्वाचन खर्च बुझाउनेमा प्रतिनिधि सभाका तीन जना र प्रदेश सभाका तीन जना रहनुभएको छ । जिल्ला निर्वाचन कार्यालयकाअनुसार प्रतिनिधि सभातर्फ नेकपा एमालेका कैलाशकुमार मल्ल, राप्रपाका खिमबहादुर खत्री र नेश्नलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले खर्च विवरण बुझाउनु भएको हो ।
एमालेका मल्लको खर्च तीन लाख ८६ हजार पाँच सय ८५, राप्रपाका खत्रीको एक लाख २५ हजार ४० र नेश्नलिष्ट पिपल्सका बुढाको खर्च दुई लाख ४६ हजार ४० रुपियाँ रहेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । त्यस्तै प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीले मात्र खर्च विवरण बुझाउनु भएको ओलीले बताउनुभयो । ओलीको चुनाव खर्च १८ लाख ९५ हजार ७१५ रुपियाँ रहेको निर्वाचन अधिकारी ओलीको भनाइ छ ।
प्रदेश सभा निर्वाचन ९ख० बाट दुई जनाले मात्र खर्च विवरण बुझाउनुभएको छ । खर्च विवरण बुझाउनेमा नेपाली कांग्रेसबाट निर्वाचित धनबहादुर केसी र नेकपा एमालेका उम्मेदवार भावना बुढाथोकी रहनुभएको छ । निर्वाचनमा विजय हासिल गर्नुभएका केसीले आफ्नो चुनाव खर्च १३ लाख दुई हजार ५२७ रुपैयाँ रहेको विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ ।
एमालेका उम्मेदवार बुढाथोकीले आफ्नो खर्च तीन लाख ६० हजार ४५ रुपियाँ रहेको विवरण बुझाउनुभएको छ । निर्वाचन आयोगले रुकुमपूर्व प्रतिनिधि सभातर्फ बढीमा २७ लाख र प्रदेश सभा क मा १९ लाख तथा प्रदेश सभा ख मा १७ लाख रुपियाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।
एक प्रतिनिधि र दुई प्रदेश सभा रहेको रुकुमपूर्वमा कुल १८ जना उम्मेदवार रहेकामा अब १२ जनाले खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वले जनाएको छ । खर्च विवरण बुझाउन बाँकी मध्ये प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्र का पूर्णबहादुर घर्तीमगर र प्रदेश सभा क मा निर्वाचित स्वतन्त्र उम्मेदवार सुरुल पुनमगरलगायत छ । चुनाव लडेका उम्मेदवारले अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिन भित्र चुनाव खर्च निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६