प्रदेश

रुपन्देहीको पक्लिहवा नजिक भारतको पर्खाल, दसगजालाइ नै असर पर्यो, सम्बन्धीत निकाय मौन



भैरहवा २१ मंसिर । रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागे पछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेका छ ।
रुपन्देहीको सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटी रुपमा पर्खाल निर्माण सुरु गरेको छ । दशगजा संगै जोडिएर एकलौटी रुपमा पर्खाल निर्माण गर्न लागकोले स्थानिय प्रशासनले यसमा आपत्ति जनाएको छ ।
भारतीय सुरक्षाकर्मि एसएसबीले भारतमा एकिकृत जाँच चौकी ९आईसीपी० निर्माणको लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ । शसस्त्र प्रहरीको जिल्ला कार्यालय रहेको अगाडी नै भारतले दशगजा भरि ईट्टा खसालेको छ । पिल्लर नम्बर ५१८ को छेवैमा जग खनेर पर्खाललाई आवश्यक पिलर पनि ठड्याई सकेको छ ।
सीमा सुरक्षा हेरिरहेको शसस्त्र प्रहरी बल २७ नम्बर गण हेक्वाका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक गगन श्रेष्ठका अनुसार भैरहवा भन्सारको पारी र गणको पश्चिम तर्फ भारतले एकीकृत जाच चौकी निर्माण गर्दैछ । सोही क्रममा पश्चिम तर्फको निर्माणको काम रोकाइएको बताए । उनले भारतलाइ जिल्ला प्रशासन कार्यालय र शसस्त्रको डिआइजी कार्यालयमा समेत पत्राचार गरिएको जनाए ।
नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटी रुपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाए पछि अहिले निर्माण कार्य रोकिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले दावी गरे ।“शसस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई भारतले निर्माण गरेको पर्खाल बारे जानकारी गराएको थियो ।” अर्यालले भने “ हामीले तत्काल गृह मन्त्रालयलाई खबर गर्यौ र भारतीय पक्षलाई निर्माण कार्य रोक्न लगायौ ।”
भारतले दशगजालाई नै प्रभावित पार्ने गरि निर्माण कार्य सुरु गरेको उनले बताए । दशगजा क्षेत्रमा कुनै पनि काम गर्दा दुवै देशले अर्का देशको अनुमतिले मात्र निर्माण गर्न पाईने प्रावधान छ । तर यसमा भारतीय पक्षले यसको पालना नगरेको सहायक प्रजिअ अर्यालको भनाई छ । “दशगजा क्षेत्रमा कुनै पनि काम गर्दा प्राविधिक टोलीको प्रतिवेदनको आधारमा गर्न पाईन्छ ।” उनले भने “ हामीले पनि गृह मन्त्रालयमा खबर गरेका छौं, मन्त्रालयले यस बारे आवश्यक समन्वय गर्नेछ ।”
नेपाल भारतको सीमा नाका बेलहियामा एकिकृत जाँच चौकी निर्माणको चरणमा रहेको छ । नेपालले धेरै समय अघि नै जग्गा अधिग्रहण गरे पनि भारतीय पक्ष भने जग्गा अधिग्रहणको कारण रोकिएको थियो । पूर्व निर्धारित क्षेत्र भन्दा केही पश्चिम अहिले भारतीय पक्षले आईसीपी निर्माणको लागि जग्गा लिएको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६