ब्रेकिंग न्युज

एन्जल्स कम्प्युटर इन्स्टिच्युटमा भएको नेपाली टाइपिङ प्रतियोगितामा बिनिता घर्ती प्रथम



पशुपति गिरी
कपिलवस्तु ,२३ मंसिर ।
बाणगङ्गा ८ बोडगाउँ मा रहेको एन्जल्स कम्प्युटर इन्स्टिच्युटमा आज नेपाली टाइपिङ प्रतियोगिता भएको थियाे ।उक्त नेपाली टाइपिङ प्रतियोगितामा ४० जना सहभागी भएकाे इन्स्टिच्युटका डाइरेक्टर राहुल शर्माले जानकारी दिनुभयो । जसमा प्रथम स्थानमा बिनिता घर्ती मगर ,दाेस्राे स्थानमा अरुना थारु र तेस्रो स्थान मा सन्दिप भण्डारी भएका थिए। एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटमा अफिस प्याकेज, ग्राफिक, एकाउन्टिङ र भिडियो ग्राफिक लगायत विभिन्न विषयका कक्षाहरू सुरु भएको ईन्स्टिच्युटका डाइरेक्टर शर्माले जानकारी दिनुभयो । परिक्षा दिएर बसेका विद्यार्थीहरूले खाली समयलाई सदुपयोग गर्दै सीप, दक्षता हासिल गर्न सकिने गरेकाे ईन्स्टिच्युट ले जनाएको छ ।बिगत लामो समयदेखि विद्यार्थीको इच्छा र माग अनुसारका कम्प्युटर सम्बन्धि विभिन्न विषयमा सेवा दिदै आइरहेको डाइरेक्टर शर्माले बताउनु भयो ।ईन्स्टिच्युटले बिगत दुई बर्ष यता जिल्लामै कम्प्युटर सम्बन्धि नयाँ नयाँ विषय ल्याइ विद्यार्थीको मन जित्न सफल भएको छ । ” उहाँले भन्नुभयो

प्रकाशित : २३ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६