अर्थ-वाणिज्य

ठूलो उकुस मुकुस र उथल पुथल हुनेक्रम शुरु भयो :महासचिव चन्द



कपिलवस्तु २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल साबित भइसकेको दाबी गरेका छन् । कपिलवस्तुमा शुक्रबार आयोजित साक्षात्कारमा बोल्दै उनले संसदीय व्यवस्था आधारभूत रुपले जनताको निम्ति हितकर नभएको बताए ।
उनले भने, ‘देशलाई वास्तविक रुपान्तरणतिर लैजानुपर्ने बेला भएको छ । यो संसदीय व्यवस्था आधारभूत रुपले जनताको निम्ति हितकर छैन । संकटग्रस्त र असफल साबित भयो । नेपालमा जनताले चाहेको परिवर्तनको पक्षमा नयाँ बहस गरौं ।’
मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको उनको भनाइ थियो । उनले नेपालका संसदवादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको पनि आरोप लगाए । ‘यो निर्वाचनले के प्रमाणित गरेको छ भने नेपाली जनतामा ठूलो उकुसमुकुस उथलपुथल छ, जनताले एउटा रुपान्तरण, परिवर्तन, स्वाधिनता, शान्ति, समृद्धि चाहेका छन् । तर नेपालका संसदवादी दलहरु त्यसको नेतृत्व गर्न सक्षम देखिँदैनन् भन्ने सन्देश जनताले दिएका छन् ।महासचिव चन्दले देशका नेता र कार्यकर्ता आत्मनिर्भर नभएसम्म देशको नेतृत्व गर्न नसक्ने बताए । उनले संघीयता आवश्यक हो भने त्यसको राजनीतिक, आर्थिक र सांस्कृतिक औचित्य आवश्यक रहेको धारणा राखे

प्रकाशित : २३ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६