कपिलवस्तु,२३ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले अहिलेको व्यवस्था खारेज गर्नुपर्ने बताए । रिर्पाेर्टस क्लब नेपालले कपिलवस्तुको शिवगढीमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दे महासचिव विप्लवले सबै राजनीतिक दल सोच्नु पर्ने समय आएको बताए ।
उनले नागरिकको चाहना मङ्सिर ४ गते भएको निर्वाचनले नागरिकहरूबाट बहिष्कृत भएकोले संसदीय व्यवस्था नेपालमा आवश्यक नै नभएको जिकिर गरे । गत निर्वाचनमा पाँच वटा पार्टी मिलेर चुनाव लड्दा समेत बहुमत नआउनु नै यो व्यवस्था खारेज गर्नुको विकल्प नरहेको बताए । ‘पाँच दल मिलेर चुनावमा गए नागरिकले पत्याएन, उनले भने, ‘नेपालमा एकीकृत जनक्रान्तिको आवश्यक भएको छ,।
विश्वमा कम्युनिस्ट हराइरहँदा नेपालमा किन कम्युनिस्टहरू शासन सत्तामा छन् भन्दै विश्वको नजर नेपालमा अडिएको उनले बताए । जनदेशको नागरिकहरू आफ्नै देशमा श्रम गरेका छन् त्यही देश अहिलेको अवस्थामा विकसित भएको विप्लवको भनाई रहेको छ । सघिंयता तत्काल खारेज गर्नु पर्ने विप्लवले जनाए ।








प्रतिक्रिया