जीवनशैली

बगैँचाबाटै सुन्तला बिक्री



अर्घाखाँची २४ मङ्सिर । अर्घाखाँचीका किसानको घरमै पुगेर व्यापारीले सुन्तला खरिद गर्ने गरेका छन् । अर्घाखाँचीको सुन्तला पकेट क्षेत्रमा व्यापारी ट्रक लिएर नै किसानको घरमा पुग्ने गरेका हुन् ।
यस जिल्लाको सुन्तला उत्पादन हुने मुख्य क्षेत्र पाणिनि गाउँपालिकाका सिम्ले, पटौटी, निगाली देउराली, पोखराथोकलगायतका गाउँमा व्यापारी सुन्तला खरिद गर्न बगैँचामै पुग्न थालेका हुन् ।
व्यापारीले सिम्लेबाट मात्रै पाँच करोड रुपियाँको सुन्तला खरिद गरेका छन् । पाणिनि गाउँपालिका–१, सिम्ले गाउँका किसानले तीन लाखदेखि २८ लाख रुपियाँसम्म आम्दानी गरेका छन् । यहाँका ४९ घरका किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् ।
किसान रेवतीराज पौडेलले आफ्नो बारीमा ५५५ बोट सुन्तलामा २५० क्विन्टलभन्दा बढी फलेको बताउनुभयो । यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख रुपियाँ आम्दानी हुने उहाँले बताउनुभयो ।
किसान दधिराम गौतमले बारीमा ५६५ बोट सुन्तलाबाट गत वर्ष नौ लाख रुपियाँ आम्दानी गरेकोमा यस वर्ष १४ लाख रुपियाँ आम्दानी हुने अपेक्षा गरेको बताउनुभयो । विगतका वर्षमा यहाँ उत्पादन भएका सुन्तला प्रतिकेजी ६० रुपियाँदेखि ६५ रुपियाँमा बुटवल, तानसेन र भैरहवाको बजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । बजारमा अहिले प्रतिकेजी एक सयदेखि १५० रुपियाँसम्म सुन्तला बिक्री भइरहेको छ ।

प्रकाशित : २४ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६