प्रदेश

पुल निर्माणमा तीन पटक थपियो म्याद



दमौली २४ मङ्सिर । तनहुँको दुई पालिका जोड्ने पक्की पुल निर्माणका लागि तीन पटक म्याद थप गरिएको छ । सडक विभागको वद्मासीका कारण सात वर्ष वितेपनि अझै पुल निर्माण हुन सकेको छैन ।
पुल निर्माण नहुँदा स्थानीयवासीले सास्ती भोग्नु परेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुलको निर्माणको काम लामो समय देखि अलपत्र परेको हो ।
सङ्घीय सरकारको लगानीमा निर्माण सुरु भएको उक्त पुलको म्याद तीन पटक थपिएको छ । पछिल्लो पटक थपिएको म्याद गत वर्षको भदौ ९ गते सकिँदा हालसम्म तीन वटा पिल्लरको मात्रै काम सम्पन्न भएको छ ।
नदी किनारमा दुई र नदीको बीचमा एउटा पिल्लर ठडिएको छ । नदीको बीचमा अझै अर्को पिल्लर बनाउन बाँकी छ । गत वर्षको हिउँदमा चौथो पिल्लर उठाउन जग राख्ने काम भएको थियो । नदीको बहाव बढेपछि काम रोकिएको थियो ।
निर्माण व्यवसायी अहिले फिल्डमा आएर काम अगाडि बढेको छ । निर्माण व्यवसायी योगेन्द्र कँडेलले ढाँचा परिवर्तनका कारण काम ढिलाइ भएको भन्दै पन्छिने गरेका छन् । करोडौ पेश्की रकम लिएर सम्पर्कमा नआउने र सडक विभागका कर्मचारीलाई आफ्नो पक्षमा राखेर ठेकेदारले वदमासी गर्दा समेत सडक विभाग भने मुखदर्शक बन्ने गरेको स्थानीयको गुनासो छ ।
कँडेलका अनुसार आगामी असार मसान्तसम्म म्याद थप भएकाले त्यो अवधिसम्म काम सम्पन्न हुनेछ । “वर्षाका बेला काम गर्न सकिँदैन, हिउँदमा मात्रै काम हुन्छ”, उहाँले भन्नुभयो, “सडक विभागसँगको समन्वयमा काम गर्छौं ।”
स्थानीय शिवकुमार आलेले निर्माण व्यवसायीले असारभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकाले खुशी लागेको बताउनुभयो । लामो समय पुल निर्माण अलपत्र हुँदा आवातजावतमा समस्या भएको स्थानीय प्रेमबहादुर थापा बताउनुहुन्छ । समयमै पुल निर्माण नहुँदा सेती पारीका भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङ्जाको हरिनास गाउँपालिकाका स्थानीय मर्कामा परेका छन् ।

प्रकाशित : २४ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६