अन्तर्राष्ट्रिय

५ पटकको विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कपको सेमिफाइनलमा



काठमाण्डौ २४ मंसिर – पाँच पटकको विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा क्रोएसियाले ब्राजिललाई चार–दुई गोलले हरायो ।
यसअघि निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा ब्राजिलका लागि नेयमारले गोल गरे । तर त्यो अग्रता धेरै बेर टिकेन । क्रोएसियाका लागि ब्रुनो पेटकोभिकले गोल गर्दै खेल एक–एकको बराबरीमा पुर्‍याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो ।
ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्व कपको उपाधि जितेको थियो ।

प्रकाशित : २४ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६