प्रदेश

कतारमा विश्वकप फुटबलको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार वाहलको ज्यान गयो




मंसिर २४, एजेन्सी ।
कतारबाट विश्वकप फुटबल–२०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार ग्रान्ट वाहलको ज्यान गएको छ । विश्वकप आयोजनाका लागि कतारको व्यवस्थापन निकायले बिहान विज्ञप्ति नकालेर ग्रान्टको हिजो निधन भएको जानकारी दिएको हो ।

लुसेल रंगशालामा खेल हेर्ने क्रममा पत्रकार वाहललाई हृदयघात भएको कतार सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विश्वकप क्वाटर फाइनल अन्तर्गत अर्जेन्टिना र नेदरल्याण्डबीचको खेल हेरिरहेका वाहल एक्कासि ढलेपछि पत्रकारहरूले मेडिकल टिम बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो ।

अमेरिकी सरकारले फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दुस्खी भएको जनाएको छ । लामो समय अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टले पछिल्लो समय अनलाइन प्लेटफम सबस्ट्याक मा आफ्ना सामग्री प्रकाशन गर्दै आएका थिए ।

गएको महिना मात्र उनलाई कतारी सुरक्षा अधिकारीले केही समय पक्राउ गरेका उनले बताएका थिए । लैंगिक अल्पसंख्यक समुदायको समर्थनमा इन्द्रेणी रंगको सर्ट लगाएर रंगशाला जाँदा उनलाई पक्राउ गरिएको थियो । उनले अमेरिका र वेल्सबीचको खेलमा आफूलाई प्रवेश नदिइएको पनि बताएका थिए । ४८ वर्षका ग्रान्टका विभिन्न पुस्तक समेत प्रकाशित छन् ।

प्रकाशित : २४ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६