प्रदेश

रोटरीले पार्‍यो थारुको मुहार उज्यालो




हरि घिमिरे
कपिलवस्तु, २४ मंसिर ।
मानविय सेवामा सक्रिय रोटरी क्लव अफ मिड टाउन कपिलवस्तुले एक परिवारलाई न्यनो कपडा हस्तान्तरण गरेको छ । क्लवले बाणगङ्गा नगरपालिका वार्ड नम्बर ५ मधौली बस्ने मोति थारु लाई ११ हजार बराबरको न्यानो कपडा साथै अन्य सामग्री हस्तान्तरण गरेको हो । ८५ बर्षिय मोति थारु आशक्त वृद्ध एवं एकल महिला हुन । क्लवको सहयोगले उनको मुहार उज्यालो भएको छ । उनले खुसी हुदौं क्लवलाई धन्यवाद दिईन । थारुले भनिन् “म जस्ता दिन दुःखी अन्यको पनि यसरीनै सेवा गर्नु ।”

स्वार्थ भन्दा माथी सेवा भन्ने मूल्य र मान्यतालाइ आत्मसाथ गर्दै क्लवले विभिन्न ठाँउमा सामाजिक एवम् मानविय कार्य गर्दै आइरहेको क्लवका अध्यक्ष रोटरीयन मोहन बेल्वासेले जानकारी दिए । उनले बाणगंगा नगरपालिका अथवा अन्य क्षेत्रमा पनि जो कोहिले यस्तो दुःखदायी अवस्था झेल्नु भएको छ भने यस क्लव रोटरी क्लव अफ मिड टाउन कपिलवस्तुका जुन सुकै सदस्यहरुलाई जानकारी गराउन आग्रह गरे । जानकारी पाउना साथ क्लव त्याहाँ पुगेर मानविय तथा सामाजिक सेवामा लाग्ने उनको भनाई छ ।

अन्तराष्ट्रिय सामाजिक संस्था जसले बाणगंगा लगाएत जिल्लाका हरेक क्षेत्रमा यस्ता कार्यहरु गर्दै आएको छ ।
एकल महिलाको मलिन चेहरामा मुस्कान ल्याउनको निम्ति क्लवमा कृयासिल रोटरीयनहरुले सामग्रीहरु सौजन्य गरेका थिए । सामग्री हस्तान्तरण कार्यक्रममा क्लवका अध्यक्ष रोटरीयन मोहन बेल्बासे, निबर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक रोटरीयन माधब भाट क्षेत्रि, सचिव रोटरीयन कान्ता गहतराज, सर्जन एट आम्स रोटरीयन हेमन्त थापा, सीता भाट क्षेत्री स्थानीय सामाजिक व्याक्तित्व बिष्णु के.सि. लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २४ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६