खेलकुद

शान्ति नमूनाले जित्यो अन्तरविद्यालय क्रिकेटको उपाधि



सिद्धार्थनगर २५ मंसिर । भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको उपाधि शान्ति नमूना मावि, मणिग्रामले जितेको छ ।
शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजित फाइनलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवीलाई १ रनले पराजित गर्दै शान्ति नमूनाले उपाधि हात पारेको हो ।
उपाधिसँगै उसले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपबिजेतामा चित्त बुझाएको लुम्बिनी शिक्षा निकेतनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको शान्ति नमूनाले उपाधि जित्दा उसका ब्याट्सम्यान स्वस्तिक पराजुलीले ३९ बलमा ४ चौकाको मद्दतले ३८ रनको योगदान दिनुभयो ।
शान्तिका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक बनाउन सकेनन् । शान्ति नमूना १ बल बाँकी छदै अलआउट हुँदा ९२ रन बनाउन सफल भएको थियो । अतिरिक्त रन २५ आएको थियो । बलिङमा लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिबले ३ तथा सब्रे आलम र अब्दुल नदिम शेखले समान एक–एक विकेट लिनुभयो ।
जितका लागि ९३ रनको लक्ष्य पाएको लुम्बिनी शिक्षा निकेतनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९१ रनमात्र बनाई १ रनले पराजय भोग्यो । अन्तिम बलमा जितका लागी ३ रन चाहिएकोमा १ रन मात्र बनायो ।
लुम्बिनीका लागि अमन यादवले २९ र सन्दिप लोधले २७ रन बनाउनुभयो । शान्ति नमूनाका आसुतोष पाण्डेले २ तथा रोशन खनाल, स्वस्तिक पराजुली र सागर भण्डारीले समान एक–एक विकेट लिनुभयो ।
प्रतितयोगिताम उत्कृष्ट खेलाडी हुँदै शान्ति नमूनाका स्वस्तिक पराजुलीले ५ हजार रुपियाँ प्राप्त गर्नुभयोे । पराजुलीले नै उत्कृष्ट ब्याट्सम्यानको पुरस्कार जित्दै २ हजार ५ सय रुपियाँ पाउनुभयो ।
त्यसैगरी शान्ति नमूनाकै आशुतोष पाण्डेले उत्कृष्ट बलरको पुरस्कार पाउनुभयो । प्रतियोगितामा काशी नोबल एकेडेमी, भैरहवा अनुशासित टिम घोषित भयो ।
बिजेता तथा उपबिजेता विद्यालयका खेलाडीलाई रुपन्देही क्षेत्र नम्बर ३ ९१०का नवनिर्बाचित प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा रुपन्देहीका सामुदायिक तथा निजी गरी १३ बिद्यालयको सहभागिता थियो ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६