प्रदेश

जिल्ला स्तरीय ‘सिद्धार्थ क्वीज’मा जनता नमूना मावि प्रथम




कपिलवस्तु,२५ मङ्सिर ।
कपिलवस्तु जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘सिद्धार्थ क्वीज’मा जनता नमूना माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । सिद्धार्थ क्याम्पस बाणगंगाको आयोजनामा आइतबार क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगिताबाट उक्त विद्यालयका रोविन बराल र शिक्षा पौडेलको समूहले प्रथम स्थान हासिल गर्न सफल भएकोे हो ।
प्रतियोगितामा सिद्धार्थ क्याम्पसका समिर मनिहार र सुजता केसीको समूहले द्वितीय स्थान हसिल गरेको छ भने बुद्धभूमि क्याम्पस बरकुलपुरका राजेन्द्र बढई र दिपा तिवारीको समूह तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितमा कपिलवस्तु जिल्लामा सञ्चालित क्याम्पसका स्नातक तह तथा कक्षा ११÷१२का विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थ क्याम्पस सञ्चालक समिति अध्यक्ष झविलाल पोख्रेलले विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्न हाजिरीजवाफ प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । अध्यक्ष पोख्रेलले विद्यार्थीहरु देशको कर्णधार भएकाले हरेक विद्यार्थीले देशको आर्थिक, सामाजिक, राजनैतिक र भौगोलिक अवस्थाको बारेमा चासो दिनुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुको संज्ञानात्मक पक्षको विकास गर्ने उद्देश्यले सिद्धार्थ क्याम्पसले हरेक वर्ष जस्तै यस वर्ष पनि ‘सिद्धार्थ क्वीज’ आयोजना गरेको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद खनाल तथा उपप्राध्यापक कुलराज भुसालले क्वीज मास्टरको भूमिका निर्वाह गर्नुभएको थियो भने उपप्राध्यापकद्वय मधुसुदन पौडेल र गुनाखर घिमिरेले स्कोर किपर तथा उपप्राध्यापक अनिमा जिसीले टाइम किपरको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रम अतिरिक्त क्रियाकलाप समिति संयोजक रमेश पौडेलको सञ्चालन र क्याम्पस प्रमुख खेमराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६