प्रदेश

भाडा घटाउन माग गर्दै उद्योगीहरू आन्दोलित



बुटवल २६ मङ्सिर । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घले बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गाको भाडा वृद्धि गरेको भन्दै कार्यालयमा तालाबन्दी गरेको छ ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार उद्योगीहरूले बुटवलको औद्योगिक क्षेत्रमा रहेको व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
तालाबन्दीपछि बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष हिरामणि भट्टराईले आइतबार २४ घण्टाका लागि साङ्केतिक रूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप दबाबको कार्यक्रम गर्ने बताउनुभयो ।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीहरूको भावना र सुझाव विपरीत एकै पटक ७ सयदेखि ८ सय प्रतिशतसम्म भाडा वृद्धि गरेर उद्योग बन्द गराउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो ।
रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले वर्तमान असहज अवस्थामा उद्योगलाई कसरी बचाउने र बन्द हुन नदिनेतर्फ सोच बनाउनु पर्नेमा भाडा बढाएर थप तनाव सिर्जना गरेको बताउँदै अहिले बढाएको भाडा उद्योगीहरूले तिर्नसक्ने अवस्था नरहेकाले तत्काल भाडा बढाउने निर्णय फिर्ता लिन आग्रह गर्नुभयो ।
बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक ८ हजार ३ सय २८ रुपियाँ भाडा लिँदै आएकोमा एकै पटक १६ हजार दुई सय रुपियाँ भाडा निर्धारण गरिएको भन्दै उद्योगीहरू आन्दोलनमा उत्रेका छन् ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६