प्रदेश

रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिने अध्यादेशप्रति गगन थापाको असन्तुष्टि



काठामाण्डौ, २६ मंसिर । सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउन लागेकोमा विरोध गर्ने क्रम बढेको छ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसकै नेताहरूले अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो अध्यादेशप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले यो अध्यादेशको विषयमा पार्टीभित्र कुनै छलफल नभएको भन्दै सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताउनुभएको छ । महामन्त्री थापाले आज सोमवार सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ । यो अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।’

यसअघि कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्क्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्णरूपले गलत भएको बताउनुभएको थियो ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६