प्रदेश

आगो ताप्दा जलेर एक वृद्धको मृत्यु



पाल्पा, २६ मंसिर ।पाल्पामा जलेर सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका १ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर बिक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।खरले छाएको कच्ची घरको आफू सुत्ने कोठामा आगो बालेर ताप्ने क्रममा सोमबार बिहान करिब ५ बजे उनी एक्कासी जलेका थिए।शरीरमा आगोले जलेका उनको घटनास्थलमै मृत्यु भएको थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६