अर्थ-वाणिज्य

नम्वर एकमा परेर पनि सांसद हुन नपाएपछि आचार्यले भने सतिले सरापेको देश नेताले खाएको कांग्रेस




कपिलवस्तु २७ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुका पूर्व सभापति राजेश आचार्यले कांग्रेसले सामानुपातिकमा नेताका पत्नी शालाशाली र आफन्तलाई सांसद वनाएर इमान्दार र त्यागी कार्यकर्तालाई पन्धाएपछि मार्मिक स्टाटस लेख्दै असन्तुष्टि पोख्नु भएको छ । उहाले सतिले सरापेको देश नेताले खाएको कांग्रेस भन्दै फेसबुक स्टाटस लेख्नु भएको हो ।आचार्य खस आर्य कोटावाट लुम्विनी प्रदेशको १ नम्वरमा परेपनि सांसद वनाउदा उहालई पार्टीले पारेन । १ नम्वरमा परेर पनि सांसद हुन नसक्नु भएका आचार्यले पार्टी नेतृत्वको स्वेच्छाचारीता प्रति मार्मिक सन्देश प्रवाह गर्नु भएको हो । कपिलवस्तुमा गैरसस्थापन पक्षका सुरेन्द्र राज आचार्य हावी भैरहदा उहा गत अधिबेशनमा सस्थापन पक्षको सभापति उम्मेदवार भएर भिनो मतले पराजित हुनु भएको थियो । उहा कांग्रेसको आन्तरीक भागवण्डा र नेताको आफन्त मोहका कारण् १ नम्वरमा परेर पनि सांसद हुन नसक्ने दुर्भाग्यशाली नेताका रुपमा दर्ज हुनु भएको कांग्रेस कार्यकर्ता वताउछन् ।
आचार्य कांग्रेसको निष्ठावान र आदर्श नेता हो । उहाजस्ता आदर्श नेताहरु भन्दा आफ्ना नातागोता प्रिय भएपछि उहालाई यसपाली पनि सांसद प्रबे गर्ने गेटवाट भित्र छिर्न दिइएन । यता विगतका कांग्रेस कपिलवस्तुवाट अभिशेष प्रताप शााह संघमा चुनाव जितेर विरेन्द्र कनौडिया प्रदेशमा चुनाव जितेर सांसद हुनु हुन्थ्यो । यसपाली उहाहरु पराजित हुनु भयो । समानुपातिकवाट माला गोतामे ,रिना नेपाल सहित ३ जना प्रदेश सभा सांसद कपिलवस्तुवाट बन्नु भएको थियो । तर यसपाली सुरेन्द्र राज आचार्य र सुदाकर पाण्डे चुनाव जितेर सांसद वन्नु भएको छ भने समानुपातिकमा नम्वर १ मा रहेका राजेश आचार्य नै नपरेपछि अरु कोही पनि पर्ने कुरै भएन ।समानुपातीकमा कांग्रेस कपिलवस्तु सून्यमा परेको छ ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६