अर्थ-वाणिज्य

गाउ पालिका महासंघमा दलिय हैसियत अनुसार भागबण्डा :पदाधिकारीमा ३ ठूला दलको हिस्सा




रुपन्देही २७ मंसिर । स्थानीय तह निर्वाचन २०७९ पछि पहिलो पटक भएको गाउ पालिका महासंघको महाधिबेशनवाट दलिय हैसियत अनुसार भागबण्डा भएको छ । जस अनुसार पदाधिकारीमा ३ ठूला दलको हिस्सा वाडिएको छ । यो संगै गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयन भएको छ । महासंघको अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई चयन गर्ने राजनीतिक दलबीच सहमति भएको छ ।

काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट दलीय प्रतिनिधिका आधारमा नयाँ नेतृत्वका लागि राजनीतिक दलबीचबाट भएको भागवण्डाबाट नेपाली कांग्रेसबाट पाण्डे अध्यक्षमा चयन गर्ने सहमति भएको हो ।स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने सहमति भएको छ । यद्यपी उपाध्यक्षको भने टुंगो लागिसकेको छैन । महासचिवमा भने स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन गर्ने सहमति भएको छ । उनी नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
स्थानीय तहको निर्वाचनमा दोस्रो ठूलो दल बने एमालेले महासचिव, सचिव र ७ जना सदस्य पाउने सहमति बनेको जनाइएको छ । त्यस्तै, सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार चयन गर्ने सहमति पनि भएको छ ।कोषाध्यक्ष पाएको नेकपा (माओवादी केन्द्र)ले भने नाम तय गर्न बाँकी रहेको छ । बाँकी सदस्यमा इलामको चुलाचुली गाउँपालिका उपाध्यक्ष दीलकुमारी लिम्बु, मोरङको केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर, सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव, धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य रहेका छन् ।
यस्तै, पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, सहनशीला ओली सल्यानको कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सनसिल्ता वली र डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा रहेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो पटक महाअधिवेशन भएको हो ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६