प्रदेश

मुख्यमन्त्री केसी भन्छन्- राजधानी सारेर संघीयता कार्यान्वयन गर्यौं



बुटवल, २७ मंसिर ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले संघीयता कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताएका छन् । उनले प्रदेश सभाको दुई तिहाई मतले तोकेको देउखुरीस्थित स्थायी राजधानीमा प्रदेशका संरचना निर्माणको काम सुरु गरेको र सबै मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागेको बताए ।रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कर कार्यक्रममा मुख्यमन्त्री केसीले राजधानी व्यवस्थापनको काम आफ्नै कार्यकालमा पूरा गर्न सकेको बताए ।

उनले प्रदेश सभाको भवन निर्माणको काम सकिएको र आगामी प्रदेश सभाको बैठक स्थायी राजधानीमै गरिने र मन्त्रालयका अन्य काम केही समयमा दाङ सारिसक्ने दावी गरे ।नेपालमा रहेका सबै प्रदेश राजधानीमा सबैभन्दा नमुना लुम्बिनीलाई उत्कृष्ट बनाउने बताउँदै मुख्यमन्त्री केसीले राप्ती टेक्निकल शिक्षालयको कम्पाउण्डभित्र सबै मन्त्रालय, संसद भवन लगायतका संरचना तयारीको अन्तिम चरणमा रहेको केसीले बताए ।तयारीबिना बुटवलस्थित अस्थायी मुकामबाट मन्त्रालय सारेको भन्दै केही राजनीतिक दलले अनावश्यक विरोध गरेको बताउँदै मुख्यमन्त्री केसीले सबैलाई एकपटक राजधानी क्षेत्रको अवलोकन गर्न आग्रह गरे ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६