ब्रेकिंग न्युज

असुविधा हटाउन नमुना काम : दुर्गम गाउँमा सेवा केन्द्र मार्फत वडाका सुविधा



माधव बेल्वासे

कपिलवस्तु,२७ मंसिर। दुर्गम गाउँका जनतालाई सहज रूपमा वडा कार्यालयको पहुँचमा पुराउन सेवा कार्यालय स्थापना भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ ले आफ्नो सेवा केन्द्रको मङ्गलवार उद्घाटन गरेको छ । वडाका बलु हवा, काफल खुट्टा,हचुवा, मजगाँउ र बलु हवा डाँडाका सेवाग्राहीहरूको सुविधाका लागि वडाले सेवा केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको हो ।वडा कार्यालयमा पुग्न दिन खर्च गर्नु पर्ने स्थानीयहरूको असुविधालाई हटाउन वडाले सेवा केन्द्रको स्थापना गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।

सबै भन्दा नजिकको सरकार स्थानीय तह भएको र जनता सँग प्रत्यक्ष जोडिने सरकार भएकाले नागरिकको सुविधालाई प्राथमिकता दिँदै वडा कार्यालयबाट हुने सम्पूर्ण काम साप्ताहिक रूपमा सेवा केन्द्रबाट उपलब्ध हुने अध्यक्ष सापकोटाले बताए । हरेक साताको मङ्गलवार सेवा केन्द्रबाट सेवा प्रवाह गरिने हुँदा अति आवश्यक काम बाहेक अन्य कामका लागि सेवा केन्द्रबाटै सुविधा लिन सकिने अध्यक्ष सापकोटाले बताए ।सेवा केन्द्रको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य अर्जुन कुमार के.सी.ले स्थानीयको पहुँच भन्दा टाढा रहेको वडा कार्यालयले सेवा केन्द्र स्थापना गरेपछि अब सेवा लिन सहज हुने उहाँले बताए । नगरका ठुला वडाहरूलाई समायोजनका लागी आफूले प्रयास गरे पनि सफल हुन नसकेको के.सी.ले बताए । वडा समायोजन नभए पछि सेवाग्राहीको सुविधा मध्य नजर गर्दै सेवा केन्द्र विस्तार भएको उहाँले खुसी समेत व्यक्त गरे ।
स्थानीय गाउँका नागरिक लाई वडाको कार्यालय मा जान आउन गाहे परेको र सानो सिफारीका लागी पनि धेरै समय लाग्ने यातायातमा पनि खर्च हुने भएकोले स्थानीय गाउँलेहरूको माग बमोजिम वडाको सेवा केन्द्र स्थापना गरिएको शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले बताइन ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६