प्रदेश

आगामी निर्वाचन कास्कीबाट लड्न सक्छुः प्रचण्ड



कास्की, २८ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन् । बुधबार आफै जन्मेको कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को श्री महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सवमा पुगेर प्रचण्डले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका हुन् । उनले आफू अहिलेसम्मका निर्वाचनमा फरक–फरक क्षेत्रबाट चुनाव लडेको भन्दै अर्को पटक कास्कीबाट लड्नसक्ने सुनाए ।

‘मैले पहिलोपटक काठमाडौं र रोल्पाबाट निर्वाचन लडें । दोस्रोपटक मधेशबाट लडें । यसपछि फेरि चितवनबाट लडें अहिले गोरखाबाट चुनाव जितेर आएको छु,’ प्रचण्डले भने, ‘मलाई लाग्छ समय भनेजस्तो भयो भने अर्को पटक कास्कीबाट पनि चुनाव लड्न सक्छु ।’

यो निर्वाचनमा आफू देशभरि डुलेर निर्वाचनको माहोल बनाएको प्रचण्डले सुनाए । ‘म यस्तो नेता बनेको छु जो यो निर्वाचनमा पूर्व पश्चिम डुलेर निर्वाचनको माहोल बनाए । त्यो सफल पनि भयो,’ प्रचण्डले भने ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६