प्रदेश

रुपन्देहीमा दुर्घटनामा परी एक महिलाको मृत्यु



रुपन्देही, २८ मंसिर।
रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुद्धोदन गाउँपालिका ५ रजाडमा मंगलबार राति भएको दुर्घटनामा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पैदलयात्री स्थानीय पुजनी थारु रहेकी छिन् ।

उनको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल भैरहवामा राति ११ बजे मृत्य भएको प्रहरीले बताएको छ । मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय छपियाले जनाएको छ ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६