काठमाडौ २८ मंसिर ।प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसदमा निशा डाँगी निर्वाचित भएकी छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डाँगी २५ वर्षकी मात्रै हुन् ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि २५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था अनुसार उनी २५ वर्षकी मात्रै रहेकी छन् ।दोस्रोमा सबैभन्दा कम उमेरकी सांसद पनि रास्वपाकै २६ वर्षकी विनीता कठायत छिन् ।
उनी पनि समानुपातिक प्रणालीबाट निर्वाचित भएकी हुन् ।प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट पनि रास्वपाबाटै काठमाडौं क्षेत्र नम्बर २ मा २७ वर्षकी सोबिता गौतम निर्वाचित भएकी थिइन ।रास्वपाले पेश गरेको बन्दसूचीमा खस आर्यबाट गणेश कार्कीको नाम दोस्रोमा भए पनि चलखेल गरेर डाँगीको नाम सिफारिस गरेको भन्दै रास्वपाकै कार्कीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।यस्तै दलित महिला समूहको पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पनि आफूलाई सिफारिस नगरेर पार्टीले दलित समूहबाट दुवै जना पुरुष सिफारिस गरेको भन्दै विरोध गरेकी थिइन ।
प्रतिक्रिया