ब्रेकिंग न्युज

वडाध्यक्ष थापा र भक्तपुरका नगरप्रमुख प्रजापतिबीच विकासको मोडलबारे छलफल



कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोम बहादुर थापासहितको टोली र भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिबीच विकासको मोडलबारे छलफल भएको छ । वडाध्यक्ष थापा र नगरप्रमुख प्रजापतिबीच मंगलबार विकासको मोडलबारे छलफल भएको हो । टोलीले उक्त नगरपालिकाका विभिन्न वडामा संचालन भईरहेका विकासको मोडलबारे अध्ययन तथा जानकारी प्राप्त गरेको वडाध्यक्ष थापाले बताए । भक्तपुरले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी, सडकपुर्वाधार लगायत विकासका क्षेत्रमा गरेको उपलब्धिले आफु निकै प्रभावित भएको वडाध्यक्ष थापाको भनाई छ । साँस्कृतिक नगरका रुपमा परिचित भक्तपुरले गरेका उल्लेख्य उदाहरणीय कार्यलाई आफुले वडाको विकासमा अनुशरण गरि अघि बढ्ने उनले बताए ।

आफुहरुले भक्तपुर नगरपालिका १ को वडा कार्यालय समेत अवलोकन गरेको वडाध्यक्ष थापाले बताए । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले विकास र जनसहभागिताको बारेमा जानकारी गराएकी थिईन् । वडाध्यक्ष थापासहितका जनप्रतिनिधि, वडा सचिव निरज थापा तथा कर्मचारीहरुको टोलीलाई माला र टोपी लगाएर नगरप्रमुख प्रजापतिले स्वागत गरेका थिए । सो छलफल कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरीसहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६